विन्ध्येश्वरीको वार्षिकोत्सव: एकल नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण सम्पन्न

पाेखरा | पुस ४, २०८१

विन्ध्येश्वरीको वार्षिकोत्सव: एकल नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण सम्पन्न

पोखरा:   ‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’ भन्ने नाराका साथ पोखरा महानरपालिका १ मोहरिया टोलमा सञ्चालित  विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

 

विद्यालयको ४० औँ वार्षिकोत्सवको अवसरमा एकल नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न गरेको हो ।

 

एकल नृत्य प्रतियोगितामा करिब ३५ जना विद्यार्थीहरु सहभागी भएका थिए । 

 

दुई तहमा भएको उक्त प्रतियोगितामा आधारभूत जुनियर तहबाट कक्षा ५ की छात्रा अदिती तिमिल्सिना प्रथम, कक्षा ४ की छात्रा दिया क्षेत्री द्वितीय, कक्षा ५ का छात्र आयन सुनार तृतीय र कक्षा २ की छात्रा इभानी बास्तोलाले सान्त्वना स्थान हाँसिल गरिन् । 

 

त्यसैगरी मावि तथा आधारभूत सिनियरतर्फबाट कक्षा ८ की छात्रा एस्थर तामाङ प्रथम, कक्षा १० की छात्रा सुजिता सुनार द्वितीय, कक्षा ९ की छात्रा आरोशी देवकोटा तृतीय र कक्षा ७ का छात्र विनायक गिरिले सान्त्वना स्थान हाँसिल गरिन् । 

 

एकल नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा नृत्य प्रशिक्षिका रञ्जु बाल्कोटी र कविता गुरुङ रहेकी थिइन् ।

 

यसैगरी वार्षिक रुपमा हुँदै आएको खेलकुद कार्यक्रमका विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण गरिएको थियो । 

 

साथमा प्याब्सन कास्कीद्वारा प्रथम भएको मार्च पास्टको पुरस्कार पनि वितरण गरिएको थियो । 

 

विद्यालयका संस्थापक शम्भुलाल कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा  विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

 

सो कार्यक्रममा स्वागत मन्तव्य सहायक प्राचार्य निलकण्ठ पौडेलले गरेका थिए । भने, कार्यक्रमको सञ्चालन शिक्षिका माया क्षेत्रीले गरेकी थिइन् ।
 

पाल्पा:   पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र  वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ।  राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिक एक युवकको हत्या भएको छ ।  वन विज्ञान अध्ययन संस्थान नजिकै घन प्रहार गरेर हत्या गरेको अवस्थामा अन्दाजी ३०/३५ वर्षीय युवकको ...

थप पढ्नुहोस्

काठमाडौं:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित...

थप पढ्नुहोस्