क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
काठमाडाैं | पुस ५, २०८१
काठमाडौं: नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण नरोक्न आह्वान गरेको छ ।
कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा आजको बैठकले उक्त आह्वान गरेको हो ।
पार्टीको कुन–कुन तहमा सदस्यता रोकिएको छ भन्ने विषयमा अर्को बैठकमा छलफल हुने भएको छ ।
जिल्ला सभापतिले क्रियाशील सदस्यता फारम रोकेको भेटिए केन्द्रीय समितिले हस्तक्षेप गरेरअघि बढ्ने समिति सदस्यसमेत रहनुभएका कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले राससलाई जानकारी दिनुभयो ।
कांग्रेसको विधानमा महाधिवेशन भएको वर्ष क्रियाशील सदस्यता वितरण नगरिने व्यवस्था छ ।
अरु वर्ष भने नियमित रुपमा क्रियाशील सदस्यता वितरण गरिने व्यवस्थाअनुसार नै काम हुनुपर्नेमा समितिले जोड दिएको छ । समितिको अर्को बैठक यही पुस १८ गते बस्ने जनाइएको छ ।
पोखरा: २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...
काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्। आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्। स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्र...
काठमाडौं: राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायण...

