‘बुलेट’मा ट्राफिकको निरन्तर निगरानी, थप ७९ चालकलाई कारवाही
काठमाडाैं | साउन १०, २०७९
काठमाण्डौं: मोडिफाई गरी चर्को आवाज निकाल्ने रोयल इन्फिल्डको बुलेट मोटरसाइकलमाथि ट्राफिक प्रहरीले निरन्तर निगरानी गरिरहेको छ । हिजोमात्रै ३७ बुलेट नियन्त्रणमा लिएर कारवाही गरेको प्रहरीले आज थप ७९ बुलेटचालकलाई काठमाण्डौंमा कारवाही गरिएको छ ।
उपत्यका ट्राफिक प्रहरीले आफुखुशी मोडिफाई गरेका मोटरसाइकललाई नियन्त्रणमा लिई चालकलाई कारवाही गरेको जनाएको छ । नियन्त्रणमा लिइएको मोटरसाइकलले ध्वनी प्रदुषण बढाउनुकासाथै अन्य प्रदुषणसमेत बढाएको ट्राफिक प्रहरीले जनाएको हो ।
‘रोयल इनफिल्ड (बुलेट) मोटरसाइकलको साइलेन्सरको पछाडी पातामा रबर राखी ठूलो अवाज निकाल्ने ८९ जना मोटरसाइकल चालकहरुलाई कारवाही गरिएको छ’ उपत्यका ट्राफिकले भनेको छ ।
नियन्त्रणपछि उक्त मोटरसाइकलबाट साइलेन्सर पाइप झिकिएको छ भने चालकलाई जरिवाना गरिएको छ । साथै, आइन्दा मोडिफाइ नगर्न चेतावनीसमेत दिइएको छ ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

