सिक्लेसमा ३ करोड लागतमा साँस्कृतिक ग्राम बन्दै
गुणस्तरमा कुनै सम्झौता हुदैन— प्रमुख पौडेल
कास्की | पुस ५, २०८१

कास्की जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले विकास निर्माणमा तोकिएको समय र गुणस्तरमा कुनै सम्झौता नहुने बताएका छन् ।
कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउ सिक्लेसमा शुरु भएको संस्कृतिक ग्राम पर्यटन पूर्वाधार निर्माण योजनाको स्थलगत अध्ययन अवलोकनका क्रममा उनले सम्झौता अनुसार निर्माण व्यवसायीले काम गर्नु पर्ने आवश्यकता औल्याए ।
विकास निर्माणमा ढिला सुस्ति र गुणस्तर नहुना जनतामा नैरास्यता पैदा हुदै गएको बताउँदै उनले योजना सम्पन्न गर्न तीनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्ने बताए ।
संस्कृतिक ग्रामको योजनाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने प्रमुख पौडेलको भनाई थियो ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय पर्यटन पुर्वाधार एवम् पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत कूल ३ करोड सात लाख ८३ हजार १८५ को लागतमा मुक्तिनाथ प्राकृतिक जेभीले निर्माणको जिम्मा लिएको हो ।
नेपाल सरकारको ७० प्रतिशत र मादी गाउँपालिकाको ३० प्रतिशतको साझेदारीमा निर्माण गरिने संस्कृतिक ग्राम अन्तर्गत ६४ वटा सिसि टिभि जडान, नमुना घर, पुरै गाउँलाई समेटेर विद्युत लाईन विस्तार, नयाँ सिडी बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको वडा अध्यक्ष देवीजंङ्ग गुरुङले जानकारी दिए ।
सम्झौता अनुसार ५०० मध्ये २४० विद्युतपोल प्रयोग भएको छ भने नयाँ सिडी बाटोको काम करिव सम्पन्न हुने अवस्थामा पुगेपनि स्थानीय कच्चा पदार्थ प्रयोग गरेर स्तरोन्नती गरिने सिडी बाटो, डष्विन, सुचना बोर्ड राख्ने काम नभएको उनको भनाई छ ।
आगन्तुक पाहुना एवम् स्थानीय व्यवसायिको सुरक्षाका लागि गाउँभरी सिसि टिभि जडान गरिएका छन्, वडा कार्यालयमा राखिएको मनिटरमा सवै गतिविधि रेकर्ड गर्ने हुँदा सुरक्षामा सुविधा पुगेको बताउँदै उहाँले भन्नुभयो,संस्कृति ग्राम योजना सम्पन्न भएसंगै आन्तरिक एवम् बाह्रय पर्यटकको आकर्षण बढने विश्वास छ ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा उपप्रमुख सरिता कुमाल, समन्वय अधिकारी नवराज बराल, प्राविधिक, पत्रकार सहितको स्थलगत अनुगमनमा पुगेको टोलीलाई गाउँपालिकाका सवइन्जिनियर राजु ढकालले योजना अन्तर्गत भएगरेको गतिविधिबारे जानकारी गराएका थिए ।
निर्माण व्यवसायी ओम गौचनका अनुसार डिपिआर अनुसारको काम गर्न अप्ठेरो परेको गुनासो गरे । लोकल ढुङ्गा प्रयोग गरेर पदमार्गको स्तरोन्नती गर्ने भएपनि उक्त स्थानमा उपयुक्त ढुङ्गा नरहेको सम्झौतामा ५०० विद्युत पोल रहेपनि २४० वटा पोलले पुरै गाउलाई पुगेको उनको भनाई छ ।
शुरुमा नापजाँच हुँदा करिब ४० प्रतिशत काम सम्पन्न भई केही रकम भुक्तानी समेत लिएको बताउँदै उनले भने, ‘पछिल्लो समय निर्माण कार्य अन्तिम चरणमा पुगेछ ।’
पछिल्लो समय सिक्लेस कला, संस्कृति र अनुपम प्रकृतिका कारण स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण गन्तव्य बन्दै गएको छ । संस्कृतिक ग्राम योजना सम्पन्न भएसंगै थप आकर्षण बढ्ने विश्वास छ ।
गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा रहेको यो मनोरम गाउँ अन्नपूर्ण दोश्रो र लमजुङ लगायतका हिमश्रृखलाको काँखमा अवस्थित छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...
अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...