रक्तसञ्चार केन्द्र सञ्चालनका लागि २९ लाख सङ्कलन

तनहुँ | पुस ६, २०८१

रक्तसञ्चार केन्द्र सञ्चालनका लागि २९ लाख सङ्कलन

दमौली:   नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रको दिगो सञ्चालनका लागि रू २९ लाख सङ्कलन भएको छ ।

 

दमौली अस्पताल परिसरमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रलाई दिगो बनाउन थालिएको अभियान अन्तर्गत हालसम्म रू २९ लाख सङ्कलन भएको हो ।

 

विसं २०७२ मङ्सिर १२ गते रक्तसञ्चार सेवा केन्द्र स्थापना भएको थियो । हाल दमौली अस्पतालको सहयोगमा मेडिबैंक भएको अस्पतालको गेटमै रक्तसञ्चार केन्द्र सञ्चालनमा रहेको छ ।

 

रक्तसञ्चार केन्द्रलाई दिगो र सहज बनाउन रू ५० लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यबमोजिम सहयोग अभियान थालिएकामा विभिन्न पालिकाबाट सहयोग प्राप्त भइसकेको र केही पालिकाबाट सहयोगको प्रतिबद्धता आएको रेडक्रस शाखा सभापति प्रा डा कृष्णप्रसाद गौतमले जानकारी दिए ।

 

प्रा डा गौतमका अनुसार रू २१ लाख ५० हजार खातामा जम्मा भइसकेको छ भने रू सात लाख ५० हजारको प्रतिबद्धता प्राप्त भएको छ ।

 

गौतमका अनुसार व्यास नगरपालिकाबाट रू पाँच लाख, बन्दीपुर गाउँपालिकाबाट रू पाँच लाख, म्याग्दे गाउँपालिकाबाट रू पाँच लाख, भानु नगरपालिकाबाट रू चार लाख, भिमाद नगरपालिकाबाट रू दुई लाख, घिरिङ गाउँपालिकाबाट रू ५० हजार प्राप्त भइसकेको छ ।

 

शुक्लागण्डकी नगरपालिकाबाट रू तीन लाख, देवघाट गाउँपालिकाबाट रू दुई लाख ५० हजार, ऋषिङ गाउँपालिकाबाट रू दुई लाखको प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ ।

 

रक्तसञ्चार केन्द्र सञ्चालनका लागि अक्षयकोष बनाउने र सोही अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट केन्द्र सञ्चालनमा सहजता ल्याउन खोजिएको प्रा डा गौतमको भनाइ छ ।

 

उनले भने, “विसं २०७९ चैत १४ गते समन्वय समितिका प्रमुखको संयोजकत्वमा बसेको बैठकले रक्तसञ्चार केन्द्र सञ्चालनका लागि अक्षयकोष बनाउने र सो अक्षयकोषमा रू ५० लाख जम्मा गर्ने निर्णय गरिएको थियो ।”

 

 

काठमाडौं:  मेडिकल व्यवसायी दुर्गा प्रसाईँले छिटै राजनीतिक दल खोल्ने बताएका छन्  ।  सोमबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले राजनीतिक दलहरूले बिगारेको मुलुकको अवस्थामा सुधार ल्याउन र...

थप पढ्नुहोस्

म्याग्दी:   म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी पाँच जना घाइ...

थप पढ्नुहोस्

पोखरा:   पर्यटनको राजधानी पोखराको आर्थिक समृद्धिका लागि खेल पर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड नारालाई आत्मसात गर्दै विश्व पर्यटन दिवसको सन्दर्भमा आउँदो असोज ४ गते शनिवार आयोजना हुने दोस्रो सं...

थप पढ्नुहोस्