सिटीवान टेलिभिजनको अध्यक्षमा पुन: पवन प्रजापति
पाेखरा | पुस ७, २०८१
पोखरा: पोखरालाई केन्द्रमा राखेर सञ्चालन भइरहेको सिटीवान टेलिभिजनको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः पवन प्रजापतिको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षमा चिनु गुरुङ र राजेन्द्र ओझा, सचिवमा सुरेश श्रेष्ठ र कोषाध्यक्षमा विनोद भुजेललाई सर्वसम्मत चयन भएका छन् । सदस्यमा सुनिल गुरुङ, सुदीप प्रधानाङ्ग, सुस्मा थापा पाण्डे, सन्तोष कुमार श्रेष्ठ, वसन्त केसी र टिना थापा रहेका छन् ।
नेतृत्व चयनको लागि अधिवक्ता वि वि विष्ट संयोजक रहेको निर्वाचन समिति निर्माण गरिएको थियो ।
यस अगाडि अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष प्रजापतिले टेलिभिजनको स्थापना कालिन लक्ष्य अनुसारै अबको कार्य समितिले काम गर्ने धारणा व्यक्त गरे ।
अध्यक्ष प्रजापतिले अबको कार्यसमितिले बजारको अवस्थालाई ध्यान दिदैँ टेलिभिजन अझै राम्रो र सबै दर्शकको अपनत्व हुने खालका कार्यक्रम प्रसारण गर्ने वातावरण बनाउन सबैसँग अनुरोध पनि गरे ।
कार्यक्रममा टेलिभिजनका उपाध्यक्ष चिनु गुरुङले सबैको हित र आम नागरिकको पक्षमा वकालत गर्न स्थापना गरिएको सिटीवानले भुइँ मान्छेको आवाजलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने धारणा राखिन् ।
उनले यस्तो विकराल अवस्थामा पनि टेलिभिजनले लक्ष्य अनुसारको नाफा आर्जन गर्न सकेकोमा सबैलाई धन्यवाद दिदैँ यो वर्ष अझ धेरै काम गर्न सबैसँग सहकार्यका लागि अनुरोध गरिन् ।
पोखराको दि होटल कान्तिपुरमा भएको साधारण सभामा आर्थिक वर्ष २०८०÷८१ को आर्थिक प्रतिवेदन र सचिवको प्रतिवेदन सर्वसम्मतले पारित समेत गरेको थियो ।
कार्यक्रममा टेलिभिजनका प्रबन्ध निर्देशक तथा सेयर सदस्य अनिशा श्रेष्ठले टेलिभिजनको सञ्चालन प्रकृया र टेलिभिजनले आगामी वर्षमा लिनुपर्ने रणनीतिक योजनाका बारेमा जानकारी गराएकी थिइन् ।
स्टार नेपाल मिडिया हव प्रा.लि द्वारा सञ्चालित सिटीवान टेलिभिजन गण्डकी प्रदेशलाई आधार मान्दै सञ्चालित छ । २०७७ सालमा स्थापित टेलिभिजनले शिक्षा, स्वास्थ्य, मनोरञ्जन, समाचार, पर्यटन र व्यवसायलाई मुख्य विषयवस्तु बनाउने गरेको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

