चन्द्रागिरिका मेयर गिरीसंग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता

काठमाडाैं | पुस १०, २०८१

चन्द्रागिरिका मेयर गिरीसंग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता

काठमाडौं:    चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीसंग नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरो सहित दूतावासका उच्च पदस्थ पदाधिकारीले भेटवार्ता गर्नुभएको छ ।
 

मंगलबार भएको सो भेटवार्तामा उहाँहरु बीचमा आपसी हित र द्विपक्षीय चासोका विषयमा कुराकानी भएको नगरपालिकाले जनाएको छ । सो अवसरमा नगरप्रमुख गिरीले नगरपालिकाबाट भए ÷गरेका कामका बारेमा राजदूतलाई सङ्क्षिप्त जानकारी गराउनुभएको थियो । 


उहाँले नगरपालिकाबाट भैराखेको फोहरमैला व्यवस्थापन, खानेपानी , रोजगारी सिर्जना, सूचना प्रविधिको उपयोग, भगिनी सम्बन्ध लगायतका विषयमा जापान सरकारबाट हुनसक्ने सहयोगका विषयमा पनि राजदूतलाई अवगत गराउनुभएको थियो ।   
    

सो अवसरमा कार्यवाहक राजदूत ताकाहिरोले नगरप्रमुख गिरी सहित जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासीद्वारा नागढुङ्गा सुरुङमार्ग निर्माणका क्रममा भएको समन्वयकारी भूमिकाको लागि धन्यवाद दिनुभयो । 


उहाँले नगरपालिकाका अन्य क्षेत्रमा पनि हुनसक्ने साथ र सहयोगको लागि जापान सरकार तयार रहेको जानकारी दिनुभयो । सोही अवसरमा  कार्यवाहक राजदूत ताकाहिरोले नगरपालिकाद्वारा आयोजित स्थानीय उत्पादन प्रदर्शनीको अवलोकन गर्नुभएको थियो । 


सो अवसरमा नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी,  वडाध्यक्षहरु नरेन्द्र श्रेष्ठ, घनश्याम लुइँटेल, प्रल्हाद रिजाल ,श्रीकृष्ण खत्री एवं शिक्षा शाखा प्रमुख सुजन खनाल ,प्रशासन प्रमुख दामोदर रिजाल लगायतको सहभागिता रहेको थियो । 


नगरपालिकाद्वारा प्रवर्धन गरिएका स्थानीय उत्पादन प्रदर्शनीमा हस्तकला, काष्ठकला,खानाका परिकार लगायत राखिएका थिए ।  

काठमाडौं:   नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा...

थप पढ्नुहोस्

काठमाडौं: नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धार...

थप पढ्नुहोस्

पोखरा:  अटो व्यवसायी तथा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्व अध्यक्ष ध्रुव थापाले आफू कुनै राजनीतिक व्यक्ति, भ्रष्ट वा तस्कर नहुँदा पनि यहि भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आफ्नो घर र कार्यालय त...

थप पढ्नुहोस्