पोखरा महानगरको क्वारेन्टिन रित्तिएपछि कसले खायो ६ लाखको भात ?
पाेखरा | साउन ११, २०७९
पोखरा: कोरोना संक्रमणका दौरानमा पोखरा महानगरपालिकाले क्वारेन्टिन सञ्चालन गर्दा आर्थिक हिनामिना भएको छ ।
उक्त समयमा महानगरपालिकाले ३ स्थानमा क्वारेन्टिन सञ्चालन गरेको थियो । संक्रमणकालमा महानगरले लेकसिटी अस्पताल, पद्य नर्सिङ् होम र रेशम खेतीमा क्वारेन्टिन सञ्चालन गरेको थियो ।
क्वारेन्टिनमा ०७७ पुस मसान्तसम्म संक्रमित रहेका थिए । उक्त अवधिको हिसाबकिताबमा कुनै शंका नगरिएपनि त्यसपछिको समयमा भएको खर्चसम्बन्धी महालेखाले अनियमितता भएको जनाएको छ ।
महालेखाका अनुसार ०७७ माघ १ गतेदेखि क्वारेन्टिनमा संक्रमित रहेका छैनन् । तर त्यसयता महानगरले खाना र खाजाको नाममा दिव्या चमेना गृहलाई ६ लाख १० हजार ३०६ रुपैयाँको बिल भुक्तानी गरेको छ ।
संक्रमितनै नभएकाबेला क्वारेन्टीनमा कर्मचारी र प्रहरीले खाजा खाएको शीर्षकमा रकम भुक्तानी गरेकोमा महालेखाले ‘अनियमितता’ भनेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

