२० औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा, महोत्सवमा करिव ९ करोडको कारोबार हुने अनुमान
पाेखरा | पुस १५, २०८१

पोखरा: पोखरा महानगरपालिका–२७ डाडाँकोनाक, तालचोकमा पुस १८ देखि माघ १ गतेसम्म सञ्चालन हुने २० औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
लेखनाथ उद्योग वाणिज्य संघले आज डाडाँकोनाक, तालचोकमा पत्रकार सम्मेलन गर्दै महोत्सव तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुली अधिकारीले २०५९÷६० मा सुन्तला प्रदर्शनी हुँदै २० औं लेखनाथ महोत्सवमा आइपुगेको बताइन् ।
‘महोत्सव लेखनाथको संस्कृति,स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मूल नारासहित हामी अहिले २० औं संस्करणको लेखनाथ महोत्सवको अन्तिम तयारी छौं, महासचिव अधिकारीले भनिन्, ‘२०५९÷६० मा सुन्तला प्रदर्शनी, २०६१ सालमा सुपथ मूल्य बजार र लेखनाथ महोत्सवको सफलतासँगै अहिले हामी अनवरत रुपमा महोत्सव सञ्चालन गर्दै आएका छौं ।’
महासचिव अधिकारीले पुस १८ देखि माघ १ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवद्र्धन, हस्तकलाका वस्तुहरूकोे बजार प्रवद्र्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगहरूको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप र प्रविधि हस्तान्तरण, उद्यमशीलता, सिर्जनशीलतामा जोड, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरूमा उत्पादित वस्तु तथा सेवाहरूको प्रदर्शनी, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जर्गेना, नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताइन् ।
करिव २ सातासम्म सञ्चालन हुने महोत्सवमा ३ सय ३६वटा स्टल निर्माण गरिएको महासचिव अधिकारीले बताइन ।
‘महोत्सवमा हामीले स्थानीय कृषि, औद्योगिक तथा हस्तकलाका वस्तुहरुको प्रवद्र्धन र बजारीकरणका लागि ३ सय ३६वटा स्टल निर्माण गरेका छौं, स्टल बुकिङ भइसकेको छ’, उनले भनिन्, ‘महोत्सवमा व्यापारको प्रवद्र्धनसँगै आवश्यक ज्ञान, सिप र प्रविधि हस्तान्तरण, उद्यमशीलता, सिर्जनशीलतामा जोड दिन्छौं ।’
महोत्सवमा करिव ९ करोडको कारोवार हुने अनुमान आयोजकले गरेको छ । महोत्सवमा स्थानीय क्षेत्रमा उत्पादन भएका कृषि प्रदर्शनी, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, महलिाहरुको क्षमता अभिवृद्धिको लागि महिला÷आमा समूहहरुबीच हाजिरी जवाफ प्रतियोगिता, विभिन्न जातजातिहरुको रीतिरिवाज तथा सांस्कृतिक कार्यक्रम, शैक्षिक प्रदर्शनी, कन्सर्ट, राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसँगै बाल उद्यान, एक्कुरीयम राखेर विभिन्न जातका १सय भन्दा बढी माछाहरुको अवलोकन गर्न पाइने आयोजकले जनाएको छ ।
महोत्सव अवलोकनका लागि विद्यार्थीहरुको लागि ६०, साधारण टिकट १ सय र लाइभ कन्सर्टका लागि ३ सय रुपैयाँ टिकट निर्धारण गरिएको छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्दे...
काठमाडौं: सरकारले भोलि (शनिवार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...