गुरुङ र मगर भाषालाई सरकारी मान्यता दिने तयारी: मन्त्री थापा

पाेखरा | पुस १५, २०८१

गुरुङ र मगर भाषालाई सरकारी मान्यता दिने तयारी: मन्त्री थापा

पोखरा:    गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने तयारी भइरहेको बताए । तमु ल्होसारका अवसरमा पोखरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले यस विषयमा कानुन निर्माण प्रक्रिया अघि बढाउने बताएका हुन् ।


मन्त्रीका अनुसार गुरुङ र मगर समुदायको सांस्कृतिक, भाषिक पहिचानलाई जोगाउन तथा संरक्षण गर्न यो कदम महत्वपूर्ण हुनेछ । उनले स्थानीय समुदायसँग परामर्श गरी चाँडै विधेयक प्रदेश सभामा प्रस्तुत गरिने बताएका छन् । उनले आउँदो अधिवेशनमै कानुन पास हुने गरी अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।


गण्डकी प्रदेशमा गुरुङ र मगर समुदायको जनसंख्या उल्लेखनीय छ । यी भाषाहरूलाई सरकारी कामकाजमा समावेश गर्नाले प्रदेशको सामाजिक समावेशिता र भाषा संरक्षणको अभियानलाई थप बल पुग्ने विश्वास गरिएको उनले बताए ।


मन्त्रीले कानून निर्माण पछिको कार्यान्वयनका लागि आवश्यक जनशक्ति विकास, भाषा तालिम र प्रशासनिक संयन्त्रलाई बलियो बनाउनुपर्ने आवश्यकतालाई समेत औंल्याएका छन् । उनले आगामी दिनमा अन्य मातृभाषाहरूको प्रवद्र्धनका लागि पनि यसलाई उदाहरणीय परियोजना बनाउन खोजिएको उल्लेख गरे ।


“गण्डकी प्रदेशले पहिलो पटक यस्तो कानुनी पहल गर्न लागेको हो”, उनले भने, “जसले बहुभाषिक संरचनालाई बलियो बनाउने अपेक्षा गरिएको छ।”


पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै सोमबार पोखरा सहित देशभर तमु ल्होसार मनाइएको छ । समुदायले गुरूङ वर्षलाई बिदाइ गर्दै नाग वर्षको स्वागत गरेको हो ।


पोखराको पामेमा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् कास्की, महिला राष्ट्रिय परिषद् कास्की, छोंज धीं कास्की, तमु धीं नेपाल र पोखरा ११ स्थित तमु प्ये लहु संघ परिवारले शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गरेको हो ।


कार्यक्रममा गुरुङ समुदायहरु आफ्नो पहिचान झल्किने पहिरनमा सजिएका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । 

सुर्खेत: जाजरकोटको कुशे गाउँपालिका-३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी नौ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको...

थप पढ्नुहोस्

पोखराः पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्कील नवलपुरलाई हराउँदा पर्वत र स्याङ्जाले अंक बाडेका छन् ।  प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको दोस्रो...

थप पढ्नुहोस्

पोखरा:   जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ ।      संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेक...

थप पढ्नुहोस्