पोखरामा नवौँ राष्ट्रिय खेलकुदः खेल मैदान निरीक्षणको चटारो

कास्की | साउन ११, २०७९

पोखरामा नवौँ राष्ट्रिय खेलकुदः खेल मैदान निरीक्षणको चटारो

पोखरा:     ३९ वर्षपछि पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलस्थल व्यवस्थापनको जिम्मेवारी पाएको उपसमितिको टोली स्थलगत अवलोकनमा व्यस्त देखिएको छ ।
 

 

खेलस्थल व्यवस्थापन उपसमितिका संयोजकसमेत रहेका राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङ नेतृत्वको टोली तनहुँको शुक्लागण्डकी नगरपालिका–८, गणपतिस्थित खेलमैदानको अवलोकन गर्न पुगेको हो ।

 

शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विक, स्थानीय क्लबका पदाधिकारीहरुको उपस्थितिमा मैदानको निरिक्षण गरेका हुन् । गणपति खेलमैदानलाई क्रिकेट लागि उपयुक्त हुन सक्ने प्रदेश खेलकुद परिषदका सदस्य गुुरुङले बताए । 

 

संयोजक गुरुङले उक्त मैदानलाई निर्माण गर्नुपर्ने बताउदै फास्ट ट्रयाकमा काम गर्न आग्रह गरे । उनले मैदान निर्माणका लागि थोरै समय रहेको उल्लेख गर्दै यथाशिघ्र काम सुरु गर्नुपर्नेमा जोड दिए । 

उनले लआगामी १५ गते राष्ट्रिय खेलकुद परिषद बैठक बस्ने बताउदै त्यसपछि थप टुङ्गो लाग्ने बताए । ‘बोर्डको मिटिङ १५  गते छ । त्यसमा हामीले निरिक्षण गरेका मैदानहरुको स्थितिको बारेमा रिपोर्टिङ गर्छाैं ।  त्यसपछि कहाँ के खेलाउने भन्ने निर्णय हुन्छ । क्रिकेट प्रतियोगिताको लागि यो मैदानमा सम्भावना छ ।’ गुरुङले भने ।

 

रङ्गशाला बनाउने लक्ष्य छ: मेयर पण्डित

शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले गणपति खेलमैदानलाई रङ्गशालाको रुपमा विकास गर्ने बताए ।

 

बुधबार स्थलगत अवलोकनमा पुगको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितको खेलस्थल व्यवस्थापन उपसमितिको टोलीसँग बोल्दै नगरप्रमुख पण्डितले तत्काललाई क्रिकेटको लागि मैदान निर्माण गर्ने प्रतिवद्धता जनाए ।

 

उनले उक्त मैदानलाई रङ्गशालाको रुपमा विकास गर्नका लागि नगरपालिकाबाट ५० र गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख बजेट विनियोजन भएको बताए ।
‘अहिले १ करोडको बजेट छ । यो मैदानलाई तत्काल क्रिकेटको लागि निर्माण गर्छाै त्यसपछि क्रमश  फुटबल र भलिबलको मैदानलाई पनि पूर्णता दिन्छौं, उनले भने, ‘ यदि मैदानहरु बन्यो भने जिल्लाको खेलकुद विकासमा सहयोग पुुग्छ ।’

 

गुरुङ नेतृत्वको टोली गत ४ दिनदेखि सम्भावित खेलस्थल अवलोकनमा निकै व्यस्त हुदै आएको छ । आज तनहुँ पुगेको टोली भोली (बिहिबार) स्याङ्जाको वालिङ मैदानको निरिक्षणका लागि पुग्ने छ । भने शुक्रबार म्याग्दीको यात्रामा निस्कने कार्यक्रम तय गरेको छ । 

 

यसअघि सो टोलीले टोलीले यसअघि पोखरा महानगरपालिका १७ दोविल्लास्थित सहारा एकेडेमीको खेलमैदान, पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदान तथा माछापुच्छे« गाउँपालिका ४ स्थित महेन्द्र माविको खेलमैदानको स्थलगत अवलोकन गरिसकेको छ । 

 

आजै  (बुधबार) पोखरा २७ भण्डारढिकस्थित फुटबल मैदान र माछापुच्छे« क्रिकेट क्लबको खेलमैदान लगायतको निरिक्षण गरेको थियो । 

 

आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३८ खेल मध्ये २ खेल काठमाडौं, ३४ खेल पोखरामा सञ्चालन  हुने र २ वटा खेल प्रदर्शन गर्ने राखेपले जनाएको छ । 

काठमाडौं:   नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे सम्म निषेधाज्ञा निरन्तर रहने र तत्पश्चात् भोलि भदौ २६ गते बिहान ६ बजे सम्म कर्फ्यू आदेश जारी हुने जनाएको छ । सेना...

थप पढ्नुहोस्

काठमाडौं:  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...

थप पढ्नुहोस्

काठमाडौं: हाल देशभर मनसुनको प्रभाव रहेको तथा  मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थ...

थप पढ्नुहोस्