अध्यावधिक नहुने खेल संघलाई कार्वाही गर्ने सदस्य सचिव शर्माको चेतावनी
पाेखरा | पुस २१, २०८१
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेल संघहरुले दर्ता, नविकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघहरुलाई कार्वाही गर्ने चेतावनी दिएका छन् ।
गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै उनले निर्धारित मिति यही पुष २० गते भित्र दर्ता, नविकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघहरुलाई कार्वाही गर्ने चेतावनी दिएका हुन् ।
समय भित्र दर्ता, नविकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघका प्रतिनिधिहरुले खेल संघको लेटर प्याड तथा छाप समेत प्रयोग गर्न नपाउने उनले जनाए । यदि कसैले कानूनको पालना नगरेको खण्डमा सरकारी छाप कृते दस्तखत अन्र्तगत मुद्धा समेत हाल्ने सदस्य सचिव शर्माले बताए । करिब २८ वटा खेलसंघहरु प्रदेशमा आबद्ध भएको उनले बताए ।
खेलकुद प्रबद्र्धन र खेलाडी उत्पादनमा खेल संघ, क्लवहरु सहित केही संस्थाहरु रहेको उल्लेख गर्दै उनले खेलकुदको विकासको लागि संघहरुसंगै बसेर जिम्मेवारी दिने बताए ।
खेलकुद क्षेत्रमा बजेट कम भएको दाबी गर्दै उनले जनप्रतिनिधिहरुले यस बिषयमा खासै आवाज उठाउन नसकेको गुनासो गरे । नेपाली खेलकुदमा न्यून बजेटको कारणले नै सोचे अनुरुप विकास हुन नसकेको सदस्य सचिब शर्माले बताए ।
खेलकुदमा विशेष गरी मार्शल आर्ट खेलका केही संघहरुमा आर्थिक परादर्शिता नभएको र ग्रेडिङमा समेत मनपरी रुपमा प्रशिक्षार्थी खेलाडीहरु संग रकम उठाएको विषयमा परिषदको गम्भिर ध्यानाकर्षण भएको उनले बताए ।
सदस्य सचिब शर्माले अबको सम्पूर्ण तयारी १० औं राष्ट्रिय खेलकुदका लागि अघि बढ्नु पर्ने जनाउँदै गण्डकीले पदक प्राप्त गर्ने गरी तेक्वान्दोलाई आफ्नो तयारी सुरू गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेलले तेक्वान्दो खेलको विकासका लागि डोजाङहरुको स्थापना हुनुपर्नेमा जोड दिए । स्वस्थ नागरिक उत्पादन संगै घर–घरमा तेक्वान्दो पु¥याउन डोजाङहरुको स्थापना आवश्यक रहेको उनको भनाई थियो ।
गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष लक्ष्मी पाण्डे, महासचिब रमेश पौडेल, कोषाध्यक्ष माइकल कर्माचार्यले बोलेका थिए ।
कोषाध्यक्ष कर्माचार्यले आर्थिक वर्ष २०८०÷०८१ मा आम्दानीतर्फ २९ लाख ६२ हजार ९ सय २८ र खर्चतर्फ २५ लाख २३ हजार ८ सय ६४ रहेको जानकारी दिए । बाँकी रहेको ४ लाख ३९ हजार ६४ रुपैसा यस बर्ष भुक्तानी गर्न बाँकी रहेको सेवा प्रदायकहरुलाई भुक्तानी गरिने भएको कोषाध्यक्ष कर्माचार्यले बताए । संघका अध्यक्ष गुरूङले पोखरा रंगशालामा निर्माण हुन लागेको तेक्वान्दो प्रशिक्षण हल निर्माण सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा गरे ।
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

