मध्य मोदी जलविद्युत आयोजनामा स्थानीयद्वारा तालाबन्दी
पाेखरा | पुस २२, २०८१

कास्की: अन्नपूर्ण गाउँपालिका कास्की र मोदी गाउँपालिका पर्वतको मोदी खोलाको मध्य मोदी जलविद्युत आयोजनामा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् ।
उद्योगपति विनोद चौधरी नेतृत्वको चौधरी ग्रुप (सिजी) को लगानीमा संचालित आयोजनाले आयोजना प्रभावित क्षेत्रमा सहमति अनुसार कार्यान्वयन नगरेको भन्दै अन्नपूर्ण –७ कास्कीका युवा नेता बिष्णु चापागाईंको नेतृत्वमा गएको समूहले तालाबन्दी गरेका हुन् ।
उनीहरुले जारी गरेको विज्ञप्तीमा अन्नपूर्ण गाउँपालिका वडा नं.–४, ५, ६, ७ र ८ मा सामाजिक उत्तरदायित्वको बजेट पूर्ण रुपमा लगानी नगरेको, आयोजनासँग सम्झौता भएर निर्माण सम्पन्न भएका विकास योजनामा उपभोक्ता समितिलाई ४ वर्ष देखि भुक्तानी नगरेको, मोदीखोलामा १०% पानीको बहाब नछाडेको, आयोजना निर्माणधिन अवस्थामा बम ब्लास्ट गर्दा स्थानीय जनताको घर भत्किएको र क्षति पुगेकोमा क्षतिपूर्ति उपलब्ध नगराएको, वडा कार्यालय र गाउँपालिका कार्यालयमार्फत पटकपटक सिफारिस गर्दा पनि बेवास्ता गरि सुनुवाई नगरेको, आयोजनाले स्थानीयको लागि साधारण शेयर (क्ष्एइ) जारी नगरेको लगायतका कार्यहरु नगरेको उल्लेख छ ।
आयोजना स्थलमा मर्मत सम्भारको लागि काम गरिरहेको डोजर एक्साभेटरको साँचोसमेत सो समुहले कब्जा गरेको छ ।
सुर्खेत: जाजरकोटको कुशे गाउँपालिका-३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी नौ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको...
पोखराः पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्कील नवलपुरलाई हराउँदा पर्वत र स्याङ्जाले अंक बाडेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको दोस्रो...
पोखरा: जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेक...