नागरिकता विधेयक खारेजीको माग, हस्ताक्षर संकलन गर्दै अनेरास्ववियुको विरोध

पाेखरा | साउन १२, २०७९

नागरिकता विधेयक खारेजीको माग, हस्ताक्षर संकलन गर्दै अनेरास्ववियुको विरोध

 


पोखरा । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटिले नागरिकता विधेयक खारेजीको माग गर्दै क्याम्पसको प्रवेशद्वारमा हस्ताक्षर संकलन गरेको छ । 

 

प्रतिनिधि सभाले ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गरेपछि अनेरास्ववियुले क्याम्पस प्रवेशद्वारमा विरोध जनाउदैँ आज (बिहिबार) हस्ताक्षर संकलन गरेको हो ।

 

विधेयकमा उल्लेखित बाबुआमा नभेटिएको नाबालकले वंशजको नागरिकता पाउने, बिहे लगत्तै नागरिकता दिइने, महिला र पुरुषका लागि फरक प्रावधान जस्ता विवादित तर संवेदनशील विषयमा पुनविचार गनुपर्ने अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटी अध्यक्ष विष्णु पोखरेलले बताए । उनले भने,‘यो सरासर राष्ट्रघाती विधेयक हो, यसलाई तुरुन्त खारेज गरिनुपर्छ ।’

 

नेपाल नागरिकता ऐन २०६३  को दफा ३ संसोधन गरेर संसदबाट पारीत गरेको नागरिकता विधेयक अनुसार नेपालका नागरिकसँग विवाह गरि स्वदेशमै बस्दै आएका अन्य देशका नागरिकहरुले सजिलैसँग नागरिकता प्राप्त गर्ने प्रावधान रहेको छ । 

 


अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटिले संकलन गरेको हस्ताक्षर अभियानमा क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा नागरिकहरु गरि चार सय बढीले हस्ताक्षर गरेका थिए ।

 

 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्