तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
काठमाडाैं | पुस २६, २०८१

काठमाडौं: गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको रु ३७ लाख १७ हजार पाँच सय ३० प्रदान गरिएको छ ।
ल्हासास्थित रेडक्रस कार्यालयमा आज आयोजित कार्यक्रममा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले ल्हासा रेडक्रसका प्रमुख लियो यिदोङलाई सहायता रकम हस्तान्तरण गर्नुभएको हो ।
ल्हासास्थित महावाणिज्यदूतावासका अनुसार सहायता रकम ग्रहण गर्दै अध्यक्ष लियोले महावाणिज्यदूतावास, कल्याणकोष र नेपाली समुदायप्रति आभार व्यक्त गर्नुभएको थियो ।
त्यस अवसरमा अध्यक्ष लियो र महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।
काठमाडौं: २४ भदौमा सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरी हतियारलगायतका विभिन्न सामान चोरी गर्नेलाई पक्राउ गर्न थालिएको छ । नेपाली सेना र शसस्त्र प्रहरीले जेन–जीको आन्दोलनको नाममा सामान चोरी ...
काठमाडौं: नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ । विद्यमान परिस्थितीमा नेपाली सेनालाई जोडेर पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणह...
तनहुँ: तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी न...