त्रिभुवन विमानस्थलबाट १६ सय १० ग्राम सुनसहित एक भारतीय पक्राउ
काठमाडाैं | साउन १२, २०७९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिष्य विमानस्थलबाट १६ सय १० ग्राम सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
फ्लाई दुबईको उडानद्वारा बुधबार दुबईबाट काठमाडौं आएका भारतीय नागरिक युसुफ हारुनलाई प्रहरीले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको हो ।
प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र घर्ति क्षेत्री जीसीले विमानस्थलमा ओर्लिएपछि हारुनको गतिविधि शङ्कास्पद देखिएको भन्दै प्रहरी विमानस्थलद्वारबाट उनलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार हरुनलाई जाँच गर्दा भित्री वस्त्रमा लुकाई राखेको अवस्थामा प्लास्टिकसहित अन्दाजी १६१० ग्रामका दुई थान सुनको पोका देखिएको हो ।
हारुनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक जीसीले बताउनुभयो ।
पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बु...
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...