‘स्विमिङ र एटिभी राइड’:  रिभरभ्याली रिसोर्टमा ‘वान नाइट’

कास्की | साउन १२, २०७९

‘स्विमिङ र एटिभी राइड’:  रिभरभ्याली रिसोर्टमा ‘वान नाइट’

पोखरा:  शुन्दरनगरी शहर पर्यटकीय शहर पोखरा । जहाँ होटल, रेष्टुरेन्ट तथा रिसोर्ट मनग्य छन् । त्यो पनि ताल आसपास र पोखरा शहर भित्र  । पोखरा उपत्यका बाहिर भने छिटफुट मात्रै भेटिन्छन् ।

 

प्राय कोलाहलबाट टाढै रहन मन पर्नेहरुको लागि पोखरा नजिकै नयाँ गन्तव्य थपिएको छ । गर्मी छल्न मन पराउनेका लागि, शाहसिक एटिभीमा रम्नेहरुका लागि र स्वादिष्ट परिकारसँग पिरती गाँस्नको रिभर भ्याली रिसोर्ट उपयुक्त हुनसक्छ ।

 

पोखरा महानगरपालिका २५ सुइखेतस्थित रहेकोे रिभर भ्याली रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकको स्वागतका लागि तयार छ । यही महिनादेखि आफ्नो सेवा सुरु गरेको यस रिसोर्टमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । साथै यस रिसोर्टले पर्यटकको मन जित्न सफल भएको छ । 

 

विशेषगरि बजारको कोलाहलबाट एक रात शान्त वातावरणमा बस्न मन पराउने र आन्तरिक पर्यटकहरुको लागि नयाँ गन्तव्य बनेको छ ।

 

रिसोर्टमा राखिएको एटिभी बाईक राईड र स्विमिङ पुलसँगै देखिने प्राकृतिक मनोरम दृश्यले त्यहाँ पुग्ने पर्यटकहरुको मनमा हैकम जमाएको छ ।

 

पोखरादेखि नजिकै सुइखेत खोलाको छेउमा हरियाली वातावरणमा रमाउन चाहनेलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याएको सञ्चालक जितेशमान गुभाजु बताए । उनका अनुसार १५ रोपनी क्षेत्रफलमा ५ करोड लगानीमा सञ्चालनमा आएको सुइखेत रिभर भ्यालीबाट बिहानीको सूर्याेदय र बेलुकाको सूर्यास्तको समेत अवलोकन गर्न सकिन्छ । 

 

 

‘स्विमिङ, एटिभी बाइक र डेलिसियस फुड’

 

रिसोर्टमा आउने पर्यटकलाई सुइखेतमामात्रै सिमित नबनाउने उदेश्य सहित आफुहरुले एटिभी बाइकको माध्यमबाट पर्यटकहरुलाई हेम्जाकोट हुँदै अस्ताम सम्मको प्याकेज बनाई सञ्चालन गरिरहेको उनले बताए ।

 

एटिभी बाईककोमाध्यमबाट अस्ताममा पुगेपछि त्यहाँबाट उत्तरमा रहेका हिमश्रृङखलासँगै हेम्जाफाँट, पर्यटकीय गाउँ धम्पुस र पोखराको उत्तरी भेग अवलोकन गर्न सकिने बताए ।

त्यसैगरि छोटो दुरिमा एटिभी बाइक चलाउनेहरुले सुईखेत रिभर भ्याली  हुँदै फेदीसम्मको यात्राको अनुभव गर्न सक्नेछन । रिसोर्टमा बस्ने पाहुनाले हाइकिङ गरि कास्कीकोट दरबार अस्तामसम्म पुग्न सक्नेछन । त्यसैगरि रिसोर्टमा स्विमिङ पुलको समेत व्यवस्था रहेको छ । 

 

जसका  लागि पनि विभिन्न प्याकेजको व्यवस्था गरिएको छ । त्यसैगरि रिसोर्टमा हाल ६ वटा रुम रहेको छ जसमा बस्न चाहनेका लागि समेत विभिन्न प्याकेजहरुको व्यवस्था गरिएको रिसोर्टका अप्रेसन म्यानेजर सागर गुरुङले जानकारी दिए । 

 

सो रिसोर्टभित्र रहेको विभिन्न कटेजहरुले मधेसमा बसोबास गर्ने थारु बस्तीको झल्को दिने गरेको बताउदै पर्यटकहरुलाई आकर्षित गरेको बताए । उनका अनुसार रिसोर्टमा पार्किङको पर्याप्त व्यवस्था र बाल उद्यान समेत रहेकाले पारिवारिक वातावरणमा घुम्न आउनेहरुका लागि उचित गन्तव्य बनेको छ । 

शान्त वातावरण, प्राकृतिक हरियालीलाई नजिकबाट नियाल्न सक्ने भएकाले रिसोर्टमा पर्यटकहरुको आकर्षण बढेको जानकारी दिदैं बारबिक्यूको समेत व्यवस्था रहेको जानकारी दिए ।

 

हाल सो रिसोर्टमा हाल २० जनाले प्रत्यक्ष रोजगार पाएका छन् । 

पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ ।  लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन ...

थप पढ्नुहोस्

काठमाडौं:    गण्डकी प्रदेश प्रमुखसहित सातै प्रदेशका प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।   बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रदेश प्रमु...

थप पढ्नुहोस्

पोखरा:  पोखराको नदीपुरमा यही असार २४ देखि २८ गतेसम्म हुने क्लबस्तरीय पुरुष भलिबल तथा भेट्रान्स भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।  लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखरा...

थप पढ्नुहोस्