पोखरामा मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चनको तयारी

पाेखरा | माघ १, २०८१

पोखरामा मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चनको तयारी

पोखरा:    पोखरामा नयाँ मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चन हुने  भएको छ । यही माघ ११ गतेदेखि सपना डिलक्स कोचको मञ्चन सुरु हुने जनाइएको छ । 


यतिबेला नाटकको रिहर्सल पोखरा नदीपुर स्थित निर्माणाधीन हंसध्वनि नाटकघरमा भइरहेको छ । उक्त नाटकघर चर्चित कलाकार अनुप बरालको सक्रियतामा निर्माण भईरहेको छ ।


नाटकको प्रदर्शकन इन्द्रेणी थिएटरले गर्ने थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए । उक्त नाटक ईन्द्रेणीको छैटौ प्रस्तुतीमा निर्माण हुन लागेको हो । 


नाटकको लेखन केदारनाथ पौडेलले नै गरेका हुन् । झण्डै एक वर्ष अगाडि लेखेको नाटकमा पोखराबाट काठमाडौं जाने यात्रुबाहक बसमा हुने विभिन्न क्रिया र प्रतिक्रियालाई समेटिएको छ । 


एउटा परिवारले सामान्य हिसाबले कसरी गाडी चलाएर जिविकोपार्जन गरिरहेको छ र त्यो भित्र कस्ता खालका समस्या छन् भन्ने बारेमा दर्शकलाई जानकारी दिईनेछ ।


आफुलाई पोखराबाट काठमाडौं जाने क्रममा देखिएका दृष्यलाई मञ्चमा उतार्न लागिएको लेखक पौडेलले बताए । सबै मानिस बस चढेर गन्तव्यमा पुगेपनि यसरी गन्तव्यमा पुर्‍याउने  बस र त्यसका कामदारका समस्या के हुन्  भन्ने यात्रुले खासै ध्यान नदिने गरेको अवस्थामा नाटक मार्फत बाहिर ल्याउन लागिएको उनको भनाई छ । 


करिब एक महिनादेखि नाटकको दिनदेखि रिहर्सल भैरहेको छ । नाटक मञ्चन हुने दिन आउन केही दिन बाँकी रहँदा टिमको मेहनतको कारण दिनप्रतिदिन नाटकमा निखारता थपिदै गएको उनले सुनाए । 


सामान्य शैलीमा कथा भन्ने तरिकालाई फरक गर्ने प्रयास गरिएको र गाउँघरमा धेरैले भोगेको बाँदरको आतङ्कलाई समेत जोडिएकोले दर्शकलाई मनोरञ्जन मिल्ने उनको विश्वास छ ।


पोखराको गैह्रापाटन स्थित रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा माघ १९ गतेसम्म लगातार मञ्चन हुने नाटकमा कपिल शर्मा, दिलप्रसाद गुरुङ, विभु प्रसाद भुसाल, उमा पुन, रामहरि अधिकारी, विजयराज अधिकारी, अभिषेक भुसाल, श्रद्धा अधिकारी लगायतका कलाकारको अभिनय हेर्न पाइनेछ ।


यो नाटकको निर्देशन लक्ष्मण डुम्रेले गर्दैछन् । निर्देशक डुम्रेले नाटक सुन्दर बनाउन कलाकार र नेपथ्यबाट विभिन्न प्रयासहरु भईरहेको बताए । आफूहरूको तर्फबाट शतप्रतिशत दिने कोसिस गरिरहेका भन्दै दर्शकले  नाटक मन पराउने आशा बढ्दै गएको सुनाए । 


नाटकमा रात्रिबस चलाउने ड्राइभरको मनोविज्ञानलाई केन्द्रित गरिएको उनको भनाइ छ । सवारी साधन चलाउँदा उसको दिमागमा खेलिरहेका कुराहरू समावेश गरिएको र यो खालको नाटक पोखरामा पहिलोपटक मञ्चन गर्न लागिएको दावी उनले गरे । स्टेजमा यात्रा देखाउनुपर्ने भएकोले चुनौती भएपनि राम्रो बनाउने  कोसिस गरिरहेको निर्देशक डुम्रेले बताए ।

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्