१३ औं पोखरा महोत्सव: भोलिदेखि विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुने
पाेखरा | माघ १, २०८१

पोखरा: पोखराको अमरसिंह चौरमा जारी १३ औं पोखरा महोत्सवमा बुधवार देखि विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता हुने भएको छ ।
कुल १४ टीमको सहभागीता रहेको उक्त प्रतियोगिताको पहिलो दिन माघ २ गते बाल कल्याण बोर्डिङ स्कुल, कालिका माध्यामिक विद्यालय, सेन्ट मेरिज स्कुल, अमरसिंह माध्यामिक विद्यालय ‘बी’ बीच प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी माघ ३ गते कास्की मोडनाइज्ड स्कुल, हार्वड ई. बोर्डिङ स्कुल र ज्ञान गंगा बोर्डिङ स्कुल बीच प्रतिस्पर्धा रहने छ । माघ ४ गते बेसलाइन ई। बोडिङ स्कुल, पोखरा युनाईटेड एकेडेमी र अमरसिंह मावि ९ए० बीच प्रतिस्पर्धा रहने छ । त्यस्तै माघ ५ गते सरस्वती ई। बोर्डिङ स्कुल, न्यू ग्यालेक्सी ई। बोर्डिङ स्कुल, विभुति शिक्षा सदन र प्यारामाउण्ट पब्लिक स्कुल बीच प्रीतस्पर्धा रहने छ ।
प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद ४५ हजार, शिल्ड र प्रमाणपत्र, दोश्रो हुनेले नगद ३० हजार, शिल्ड र प्रमाण पत्र तृतिय हुनेले नगद २० हजार शिल्ड र प्रमाण पत्र र शान्तवना स्थान हाँसिल गर्ने दुई वटा टिमले जनही नगद १० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा महोत्सवको छैठौ दिन दर्शकको उल्लेख्य सहभागीत रहेको छ । माघ १ गते छैठौ दिन महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवमा मंगलबार चर्चित लोक तथा दोहोरी गायिका शान्ती श्री परियार, चोलेन्द्र पौडेल, पार्वती जिसी, तुलसा क्षेत्री, सन्तोष सुवेदी, निश्चल थापा मगर, पुजा गुरुङ, गंगा पौडेल, आयुषजंग कार्कीको प्रस्तुती संगै गंगा पौडेल र पोखरेली माग्नेबुढा र धुर्मुसको हाँंस्य ब्यङ्ग्य प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्टमा चर्चित ¥यापर लाहुरेको प्रस्तुतीमा युवाहरु झुमेका थिए ।
महोत्सवको सातौ दिन लोकदोहोरी तर्फ अस्मिता अधिकारी, चोलेन्द्र पौडेल, चारापति सुवेदी, तुलसा क्षेत्री, ज्योती लोहनी, बसन्ती थापा मगर, कमला सुनार, परशुराम अधिकारी र राजेन्द्र गिरी (गुन्द्रुके)को हाँस्यब्यङ्ग्य प्रस्तुती रहने छ । साँझको लाइभ ब्याण्ड तर्फ सुगम पोखरेल एण्ड बाजागाजाको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन ...
काठमाडौं: गण्डकी प्रदेश प्रमुखसहित सातै प्रदेशका प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रदेश प्रमु...
पोखरा: पोखराको नदीपुरमा यही असार २४ देखि २८ गतेसम्म हुने क्लबस्तरीय पुरुष भलिबल तथा भेट्रान्स भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखरा...