१३ औं पोखरा महोत्सव: भोलिदेखि विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुने

पाेखरा | माघ १, २०८१

१३ औं पोखरा महोत्सव: भोलिदेखि विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुने

पोखरा:    पोखराको अमरसिंह चौरमा जारी १३ औं पोखरा महोत्सवमा बुधवार देखि विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता हुने भएको छ ।


कुल १४ टीमको सहभागीता रहेको उक्त प्रतियोगिताको पहिलो दिन माघ २ गते बाल कल्याण बोर्डिङ स्कुल, कालिका माध्यामिक विद्यालय, सेन्ट मेरिज स्कुल, अमरसिंह माध्यामिक विद्यालय ‘बी’ बीच प्रतिस्पर्धा हुनेछ । 


त्यसैगरी माघ ३ गते कास्की मोडनाइज्ड स्कुल, हार्वड ई. बोर्डिङ स्कुल र ज्ञान गंगा बोर्डिङ स्कुल बीच प्रतिस्पर्धा रहने छ । माघ ४ गते बेसलाइन ई। बोडिङ स्कुल, पोखरा युनाईटेड एकेडेमी र अमरसिंह मावि ९ए० बीच प्रतिस्पर्धा रहने छ । त्यस्तै माघ ५ गते सरस्वती ई। बोर्डिङ स्कुल, न्यू ग्यालेक्सी ई। बोर्डिङ स्कुल, विभुति शिक्षा सदन र प्यारामाउण्ट पब्लिक  स्कुल बीच प्रीतस्पर्धा रहने छ ।


प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद ४५ हजार, शिल्ड र प्रमाणपत्र, दोश्रो हुनेले नगद ३० हजार, शिल्ड र प्रमाण पत्र तृतिय हुनेले नगद २० हजार शिल्ड र प्रमाण पत्र र शान्तवना स्थान हाँसिल गर्ने दुई वटा टिमले जनही नगद १० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।


पोखरा महोत्सवको छैठौ दिन दर्शकको उल्लेख्य सहभागीत रहेको छ । माघ १ गते छैठौ दिन महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवमा मंगलबार चर्चित लोक तथा दोहोरी गायिका शान्ती श्री परियार, चोलेन्द्र पौडेल, पार्वती जिसी, तुलसा क्षेत्री, सन्तोष सुवेदी, निश्चल थापा मगर, पुजा गुरुङ, गंगा पौडेल, आयुषजंग कार्कीको प्रस्तुती संगै गंगा पौडेल र पोखरेली माग्नेबुढा र धुर्मुसको हाँंस्य ब्यङ्ग्य प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्टमा चर्चित ¥यापर लाहुरेको प्रस्तुतीमा युवाहरु झुमेका थिए ।  


महोत्सवको सातौ दिन लोकदोहोरी तर्फ अस्मिता अधिकारी, चोलेन्द्र पौडेल, चारापति सुवेदी, तुलसा क्षेत्री, ज्योती लोहनी, बसन्ती थापा मगर, कमला सुनार, परशुराम अधिकारी र राजेन्द्र गिरी (गुन्द्रुके)को हाँस्यब्यङ्ग्य प्रस्तुती रहने छ । साँझको लाइभ ब्याण्ड तर्फ सुगम पोखरेल एण्ड बाजागाजाको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 
 

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्