कास्कीको मादी गाँउपालिकामा नागीधार महोत्सव शुरु
काठमाडाैं | माघ ४, २०८१
पोखरा: कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा शुक्रबार देखि नागीधार महोत्सव शुरु भएको छ । महोत्सव माघ ६ गते सम्म चल्ने छ ।
महोत्ववको उद्घाटन अघि विभिन्न गुरुङ समुदायको कृष्ण चरित्र नाच, व्राह्मण समुदायको भजन टुक्कालागयतको सांस्कृतिक झाकि सहितको ¥याली निकालिएको थियो ।
महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले पर्यटन प्रवद्र्धन गर्नका लागि महोत्सव कोषेढुङ्गा सावित हुने बताए ।
‘शहर केन्द्रीत महोत्सव धेरै हुने गरेका छन् तर तपाईहरुले आफ्नो गाँउको प्रचार प्रसार गर्नका लागि थालेको यो प्रयास महत्पूर्ण छ’ उनले भने, ‘पक्कै पनि यो महोत्सव यो क्षेत्रको पर्यटन र खेल क्षेत्रको प्रवद्र्धनमा कोषेढुङ्गा सावित हुने मेरो विश्वास छ ।’
उनले थुम्सीकोट देखि गहते मिजुरे पाखुरीकोट नागीधार पोसी सम्मको सडक स्तरोन्नतीकालागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
महोत्सवकै अवसरमा खेलमैदान परिसरमा समाजसेवी लक्ष्मी गुरुङद्वारा निर्माण गरिएको प्रतिक्षालय तथा समाजसेवी सर बहादुर गुरुङ, नर बहादुर गुरुङ कृष्ण प्रसाद गुरुङको परिवारद्वारा निर्माण गरिएको खानेपानी धारा र चौताराको परिवारका सदस्य र कार्यक्रमका प्रमुख अतिथि गुरुङले संयुक्त रुपमा उद्घाटन गरे ।
महोत्सवमा खुल्ला सेभेन ए साइड पुरुष फूटबल तर्फ कास्की लम्जु·का गरी २८ टिमको सहभागिता रहेको खेल संयोजक तथा नागीधार सिर्जनशील युवा क्लबका अध्यक्ष विशाल घलेले जानकारी दिए ।
शुक्रबार भएको पहिलो खेलमा नागीधार एफसीले वालुवा एफसीलाई २–० ले पराजित गर्दा वद्रर एफसीले पोसी एफसीलाई ६–० ले पराजित ग¥यो । यसैगरी पाखुरीकोट एफसीले मुग्री एफसीलाई ४–० ले पराजित गर्दा कुम्लु· एफसीले थुम्सीकोट एफसीलाई टाइवेकरमा ३–२ ले पराजित गरेको ग¥यो ।
नागीधार गाउँ तथा त्यस आसपास क्षेत्रको पर्यटन, खेलकुद, संस्कृति संरक्षण तथा प्रवद्र्धन, मनोरन्जन साथै प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
नागीधार गाउँको सर्वागिण विकासमा क्रियाशील सामाजिक संस्थाहरु नागीधार सिर्जनशील युवा क्लब, सबुदुम्हर्सो तमु समाज नागीधार र नेदा तमु सेवा समिति पोखरा लगायत संस्थाहरुको संयुक्त आयोजना तथा नागीधार टोल विकास संस्था, नागीधार विश्वकर्मा एकता समाज, सोंथर बेँसी विकास समिति लगायत संस्थाहरुको सहयोग तथा प्रवद्र्धनमा महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा खुल्ला सेभेन ए साइड पुरुष फूटबल, खुल्ला पुरुष छेलो फाल्ने, पुरुष तथा महिला रसी तान्ने रहेका छन् भने सांस्कृतिक कार्यक्रमहरु तर्फ खुल्ला सामूहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँहरुको आमा समूह नाच, युवा क्लबको ठेटार नाच, घाँटु नाच, कृष्ण चरित्र नाच, चर्चित गायक गायिकाहरुको प्रस्तुति सांस्कृतिक झाँकीहरु लगायत प्रस्तुति रहने छ ।
त्यस्तै शैक्षिक कार्यक्रमहरु तर्फ कक्षा १ देखि ३ सम्मका विधार्थीहरुका लागि खुल्ला श्रुती लेखन प्रतियोगिता, कक्षा ४ देखि ८ सम्मका विधार्थीहरुका लागि मादी – ८ को समृद्धि र पर्यटन प्रवद्र्धनका लागि सम्भावनाहरु के के हुन सक्छन् भन्ने शीर्षकमा खुल्ला वक्तित्वकला प्रतियोगिता रहेको छ ।
महोत्सवमा नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, महासमिति सदस्य दिपक गुरुङ, वडा नं. ८ का वडा अध्यक्ष प्रेमबहादुर गुरुङ, पूर्व वडा अध्यक्ष याम गुरुङ, महिला नेत्री तीर्थकुमार गुरुङले बोलेका थिए ।
संयुक्त मुल आयोजक समितिको संयोजक ओम प्रकाश गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य कैलाश गुरुङले गरेका थिए । उक्त अवसरमा स्थानिय नागीधार आम समूह र प्रभात आधारभूत विद्यालयका विद्यार्थीले स्वागत गरेका थिए ।
राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ । महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक...
पोखरा । भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि रामघाट एफसी ग्रिन र मिक्की एफसी भिड्ने भएका छन् । ...
पोखरा। सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयो...

