‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ शुरु, ५० जनाले गरे टेष्ट ड्राइभ
पाेखरा | माघ ५, २०८१
पोखरा: पोखरामा निसान, ओमोडा एन्ड जेइको, जिकर, लिपमोटर र सिट्रोन लगायतका विभिन्न ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको बराल ग्रुपले ‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गरेको छ ।
शनिबार देखि शुरु भएको सो कार्निभलमा ग्राहकको उत्साहजनक सहभागिता देखिएको आयोजकको भनाइ छ ।
पोखरा इभेन्ट सेन्टर, बुलौदी, लेकसाइडमा संचालन भइरहेको सो बृहत अटोमोबाइल प्रदर्शनीमा शनिबार ५० भन्दा धेरैले टेष्ट ड्राइभ गरेको बराल ग्रुपका प्रवन्ध निर्देशक शिव बरालले जानकारी दिए । कार्निभल माघ ७ गतेसम्म संचालन हुनेछ ।
बराल ग्रुप अन्तर्गतको ‘एलिट मोटर्स प्रालि’ ले पोखरामा निसान, ओमोडा एन्ड जेइको र जिकर तथा ‘एसएसएल मोटर्स कम्पनी’ ले लिपमोटर र सिट्रोन ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको छ । यी सबै ब्रान्डको नेपालका लागि आधिकारिक वितरक शारडा ग्रुप र गोल्छा ग्रुप अन्तर्गतका विभिन्न कम्पनी छन् ।
तीन दिने कार्यक्रममा सहभागीहरूले विभिन्न सवारीसाधनहरूको अवलोकन र टेस्ट ड्राइभ गर्न सक्नेछन् । यसका साथै आकर्षक छुट तथा डिस्काउन्टको अवसर समेत प्राप्त गर्नेछन् । एलिट मोटर्स र एसएसएल मोटर्स बराल ग्रुप अन्तर्गतका कम्पनी हुन् ।
नेपाली अटोमोबाइल बजारका प्रख्यात र अग्रणी नामहरू शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनको सहकार्यमा सो कार्निभल आयोजना हुनेछ ।
शारडा ग्रुपले ओमोडा, जेइको, जिकर (ईभी सेग्मेन्ट) र निसान म्याग्नाइट (पेट्रोल संस्करण) का पछिल्ला मोडलहरू प्रदर्शन गर्नेछ भने गोल्छा अर्गनाइजेसनले लिपमोटर र सिट्रोन ई–सी३ जस्ता अत्याधुनिक विद्युतीय सवारी साधनहरू प्रदर्शनीमा छन् ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

