पोखरा महोत्सवमा रचना रिमालको प्रस्तुतीमा झुमे पोखरेली

पाेखरा | माघ ६, २०८१

पोखरा महोत्सवमा रचना रिमालको प्रस्तुतीमा झुमे पोखरेली

पोखरा:     पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा रचना रिमालको प्रस्तुतीमा पाखरेलीहरुले भरपुर मनोरन्जन लिएका छन । महोत्सवको ११ औं दिनमा रचना रिमालको सुगम संगीत प्रस्तुतीमा युवाहरु झुमेका हुन ।


रचनाले उनको प्रीति, फोटो फिरिममा, मिनरल वाटर, चाहान्छु, तिमि त पोखरेली, ढुंगेधारा लगायत एक दर्जन बढी गीत प्रस्तुती मार्फत दर्शकहरुलाई नचाएका थिए । त्यसैगरी सांझको लाइभ कन्सर्ट तर्फ पूर्ण राई एण्ड दाजुभाईको प्रस्तुतीमा युवाहरु झुमेका थिए ।


महोत्सव समापनको संघारमा आइपुग्दा महोत्सवमा दर्शकको चाप वढ्दै गएको छ । महोत्सवमा दर्शकको चाप संगै महोत्सवमा राखिएको स्टलमा समेत ब्यापार वढ्दो मात्रामा रहेको महोत्सव अर्थ तथा स्टल ब्यवस्थापन उपसमिती संयोजक जयराम आचार्यले जानकारी दिए ।


महोत्सवको अन्तिम दिन लोकदोहोरी तर्फ चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, ममता तामाङ, इन्द्रा गुरुङ लगायतको प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । तिमिल्सिनाका अनुसार सांझको लाइभ कन्सर्ट तर्फ जेम्सीको प्रस्तुती रहने छ ।


महोत्सवमा आयोजित विद्यालय स्तरिय प्रतियोगिताको समेत सोमबार फाइनल प्रतिस्पर्धा हुने छ  । फाइनलमा सेन्ट मेरिज, कास्की मोडनाइज्ड, बेसलाइन एकेडेमी, बिभुती र सरस्वती विद्या सदन लामाचौर बीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।


महोत्सवको सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा अपराह्न्न ३ बजे विशेष समारोहका बीच समापन गरिने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

सूर्यतारा क्लब पोखराको आयोजनामा ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ शुक्रबारबाट सुरु भएको छ ।    महोत्सवको शुक्रबार एक कार्यक्रमकाबीचमा प्रदेश खेलकुद परिषद गण्डकीका स...

थप पढ्नुहोस्

पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

थप पढ्नुहोस्

काठमाडौंः   प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित हुनुभएको छ ।  सभाको आजको बैठकमा प्रस्तावक र समर्थकहरूको छलफलपछि भएको मतदानमा ठाकुर अत्यधिक मतसहित नि...

थप पढ्नुहोस्