सभापति कप फुटबल प्रतियोगिता बिहीबारदेखि
काठमाडाैं | माघ ६, २०८१
काठमाडौं: नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा बिहीबारदेखि सभापति कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा आयोजक टोली नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशसहित मच्छिन्द्र क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, सङ्कटा क्लब, फ्रेन्ड्स क्लब, ब्वाइज युनाइटेड र सङ्कटा क्लबले सहभागिता जनाउनेछन् ।
उद्घाटन खेल ब्वाइज युनाइटेड र सङ्कटा क्लबबीच हुने हुनेछ । प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्ने तय भएको नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिका संयोजक एवं सांसद मोहनबहादुर बस्नेतले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिनुभयो । फाइनल बाहेक सबै खेल दिउँसो ३ बजेदेखि सुरू हुने उहाँले जानकारी दिनुभयो ।
यही माघ ११ गते मच्छिन्द्र र एपीएफ क्लब, माघ १२ गते नेपाल पुलिस क्लब र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमतीप्रदेशबीच तथा माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लबबीच खेल हुनेछ । यसैगरी माघ १४ र १५ गते सेमिफाइनलका खेल हुने छन् भने माघ १७ गते फाइनल खेल हुने छ ।
फाइनल खेलअघि माघ १६ गते प्रतियोगिताको ट्रफी सार्वजनिक गरिने नेता बस्नेतले जानकारी दिनुभयो । आयोजक संस्थाका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब रु एक करोड ४० लाख खर्च हुने छ । प्रतियोगिताको विजेताले रु २६ लाख तथा उपविजेता टोलीले रु १३ लाख पुरस्कार पाउनेछ ।
यस्तै हरेक टोलीलाई प्रत्येक खेल बराबर रु ५० हजार, सर्वोत्कृष्ट खेलाडीलाई रु ७५ हजार, उत्कृष्ट गोल किपरलाई रु ५० हजार, सर्वाधिक गोलकर्तालाई रु ५० हजार, उदीयमान खेलाडीलाई रु २५ हजार तथा प्लेयर अफ दी म्याचलाई रु १५ हजार प्रदान गरिनेछ ।
पत्रकार सम्मेलन सांसद बस्नेतले नेपालमा खेलकुद क्षेत्रले सरकारबाट पर्याप्त बजेट पाउन नसकेको बताउनुभयो । जुनकुनै सरकार आउँदा पनि खेलकुद क्षेत्रमा बजेट वृद्धि हुन नसकेकामा उहाँले गुनासो गर्नुभयो । खेलाडी पलायनप्रति पनि सांसद बस्नेतले चिन्ता व्यक्त गर्नुभयो ।
सभापति कप हरेक दुई दुई वर्षमा आयोजना हुने र कांग्रेसका दिवङ्गत नेताहरुको नाममा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिने उक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पोखरा २९ भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन् । क्लबका अध्यक्ष विष्णुु पुन...
पोखरा। गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । &n...
पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ । शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो । शनिबार बिदा परेको र मौसमले समेत साथ दिएसँगै जन...

