बगर भाइखलकको च्यारिटीः उठ्यो ७ लाख ३१ हजार

पाेखरा | माघ ९, २०८१

बगर भाइखलकको च्यारिटीः उठ्यो ७ लाख ३१ हजार

पोखरा:   आगामी १५ गतेदेखि २१ गतेसम्म पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा हुने १४ औं संस्करणको अन्र्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको सन्दर्भमा बगर भाइखलकले चौंथो च्यारिटी डिनर आयोजना गरेको छ ।


उक्त कार्यक्रमबाट कुल ७ लाख ३१ हजार संकलन भएको च्यारिटी डिनकार संयोजक याम गुरुङले जानकारी दिए ।


उनका अनुसार प्रतियोगिता सञ्चालनका लागि थप रकम जुटाउने र आपसी भाइचाराको सम्बन्धलाई ताजा बनाउने च्यारिटी डिनर आयोजना गरिएको हो ।


उक्त कार्यक्रममा लेकाली व्याण्ड, ओपन सि व्याण्ड, गायीका प्रिया गुरुङ र उषा गुरुङ, प्रकाश राना लगायतले सांगीतिक प्रस्तुती राखेका थिए ।


अन्तरराष्ट्रिय भेट्रान्स फुटबलमा ४०, ५० र ६० प्लस उमेर समूहको प्रतिस्पर्धा 


भाइखलकका अध्यक्ष इश्वरमान गुरुङले  प्रतियोगितामा ४० वर्ष पुरा भएका उमेर समूह, ५० वर्ष र ६० वर्ष नाघेकाहरुबीच प्रतिस्पर्धा हुने जानकारी दिए ।


उनका अनुसार सो प्रतियोगितामा नेपालका विभिन्न शहर तथा भारत तथा बेलायतबाट पनि टिम सहभागिता हुनेछ ।


४० वर्षतर्फको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख प्राप्त गर्नेछ । यस्तै ५० वर्षतर्फ विजेताले नगद रु १ लाख र उपविजेताले नगद रु ५० हजार हात पर्नेछ । भने, ६० वर्षतर्फ विजेताले नगद रु ५० हजार र उपविजेताले नगद रु ३० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्