पोखरामा चौँथो लोक अलि मियाँ स्मृति खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुँदै
पाेखरा | माघ ९, २०८१
पोखरा: पोखरा महानगरपालिका–१३ मा लोक कवि अलि मियाँको स्मृतिमा चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा माघ १३ देखि २० गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
समितिले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । समितिका अध्यक्ष अब्बास अलिमियाँले आउदो माघ १३ देखि २० गतेसम्म प्रतियोगिता गर्न लागिएको जानकारी दिए ।
२०७८ सालमा तेस्रो संस्करणको प्रतियोगिता सम्पन्न गरेको समितिले प्रतियोगितालाई निरन्तरता दिदैँ चौँथो संस्करण आयोजना गरिएको जनाएको छ ।
प्रतियोगितामा ४० भन्दा बढी टिमले सहभागिता जनाउने अपेक्षा गरिएको प्रतियोगिताका संयोजक नजिम अलीले जानकारी दिए । प्रतियोगितामा ४०–५० टिमको सहभागिता हुने अपेक्षा आयोजकको छ ।
पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा हुने प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने खेल संयोजक अलीले जानकारी दिए ।
तेस्रो संस्करणमा प्रथम पुरस्कार १ लाख २५ हजार र द्धितिय पुरस्कार ७५ हजार बाट बढाएर यस पटक पुरस्कार राशी बृद्धी गरिएको अध्यक्ष अलिमियाँले बताए ।
यस्तै विधागत तर्फ ५ विधामा खेलाडीलाई पुरस्कृत गरिने छ । वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् ।
प्रतियोगिताको पहिलो संस्करण २०७२ र दोस्रो संस्करण २०७४ सालमा भएको थियो । स्थानीय खेलाडीलाई प्रोत्साहन र फुटबलको विकास गर्ने उदेश्यसहित समाजले प्रतियोगिता संचालन गदैँ आएको छ ।
प्रतियोगिता सम्पन्न गर्न ८ लाख ८० हजार खर्च लाग्ने आयोजकको अनुमान छ । समितिले टिम दर्ताका लागि एक टिमलाई ७ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

