टाइगर कप भलिबल: भारतको सुनिल क्लबमाथि पुलिसको शानदार जित
पाेखरा | माघ १४, २०८१
पोखरा: एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लबले भारतको सुनिल भलिबल क्लबमाथि शानदार जित दर्ता गराएको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा पुलिसले भारतको सुनिल क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो ।
पुलिसले पहिलो सेट २५–१० र दोस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको थियो । ती दुई सेटमा भारतको सुनिल क्लबमाथि पुलिस हाबी बनेको थियो । तेस्रो सेटमा पुनरागमन गर्दै सुनिल क्लबले २५–२२ को जित दर्ता ग¥यो । तर, प्रतिस्पर्धात्मक भएको चौथो सेटमा २५–२२ ले जित हासिल गर्दै पुलिसले दोस्रो जित दर्ता ग¥यो । सुनिल क्लबले भने पहिलो हार चाखेको छ ।
यसअघि भएका महिलातर्फको खेलमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल एपिएफ विजयी भएका थिए । पुलिसले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–१ र एपिएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...
मनाङ: मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्...

