मंसिर ४ मा  निर्वाचनको मिति पक्कापक्की : प्रवक्ता महत

काठमाडाैं | साउन १३, २०७९

मंसिर ४ मा  निर्वाचनको मिति पक्कापक्की : प्रवक्ता महत तस्बिर फाइल

 

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मिति पक्कापक्की भएको बताएका छन्। शुक्रबार काठमाडौंको थापा गाँउमा आयोजित प्रेस युनियनका निर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रममा उनले मंसिर ४ का लागि औपचारिक रुपमा निर्वाचनको मिति घोषणा गर्ने तयारी रहेको बताएका हुन्।

 

‘मंसिर ४ मा त निर्वाचनको मिति पक्काकक्की छ। औपचारीक रुपमा घोषणा नै हुँदैछ,’ उनले भने। 


कार्यक्रममा बोल्दै उनले युनियनको अधिवेशन हुन्न कि भन्ने रहेपनि सफलतापूर्वक सम्पन्न भएको बताए । युनियनको निर्वाचित कार्यसमितिलाई पार्टीको विचारलाई जनतामाझ पु¥याउने जिम्मेवारी रहेको उनको भनाइ थियो ।  ‘निर्वाचनमा हारजित ठूलो कुरा होइन। निर्वाचनमा कांग्रेसको नीति र विचारलाई संप्रेषण गर्ने जिम्मा यो कार्यसमितिलाई छ’, उनले भने । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्