अमेरिका र क्यानडा पठाइदिने भन्दै ठगी गर्ने कार्की र पोखरेल पक्राउ
काठमाडाैं | माघ १७, २०८१

वैदेशिक रोजगारीका लागि अमेरिका र क्यानडा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–६ बस्ने २५ वर्षीय भुवन कार्की र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–३ बस्ने ४२ वर्षीय नितेश पोखरेल रहेका छन् ।
पक्राउ पर्नेमध्ये भुवनले अमेरिका पठाइदिने भनदै ३ जना पीडितहरूबाट १ करोड रूपैयाँ र नितेशले क्यानडा पठाइदिने भन्दै ४ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए ।
त्यसपछि पीडितहरूले दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भुवनलाई काठमाडौं महानगरपालिका–१२ बाट सोमबार र नितेशलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–३ बाट मंगलबार पक्राउ गरेको हो ।
भुवनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र नितेशलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
पोखरा: सामसुङको आधिकारिक ब्रान्डेड शो रूम पोखरामा खुलेको छ । पोखराको न्युरोडस्थित पाल्पा हाउस रहेको भवनमा नागार्जुन ट्रेडिङ हाउस सामसुङ प्लाजाको आइतबार उद्घाटन गरियो । हिम इलेक्ट्रोनिक्सक...
पोखरा: पोखरामा बालिकालाई ललाई फकाई गरी विभिन्न प्रलोभन देखाई यौन धन्दामा लगाएको आरोपमा प्रहरीले खाजाघर सञ्चालक सिन्धु किसानलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३ नालामुखस्थित सिन्द...
पोखरा: पोखरा महानगरपालिका–२ बागलुङ बसपार्कस्थित रहेका १९ खाजाघर सञ्चालकहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । बागलुङ बसपार्कस्थित सञ्चालित खाजाघरहरुमा होहल्ला भई अनैतिक गतिविध...