आहा! रारा गोल्ड कपको तयारी अन्तिम चरणमा, उद्घाटनमा सहारा र नेपाल पुलिस भिड्ने
पाेखरा | माघ १८, २०८१

पोखरा: सहारा क्लब पोखराको आयोजनामा हुने २४ आंै संस्करणको आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
पोखरा रङ्गशालामा यही २२ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
प्रतियोगितामा नेपाली ९ र विदेशी ३ टिम गरी कुल १२ टिमले प्रतिस्पर्धा गर्ने उनले बताए ।
बरालका अनुसार आयोजक सहारा क्लब, थ्रीस्टार क्लब, मछिन्द्र क्लब, संकटा क्लब, ब्रिगेड ब्वाइज क्लब, एनआरटी फुटबल क्लब, अपी पावर चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, युकेको बिग्रेड ब्वाइज फुटबल क्लब, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले नगद रु १२ लाख र उपविजेताले नगद रु ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
विधागततर्फ सर्वोकृष्ट खेलाडीलाई स्कुटर पुरस्कार प्रदान गरिने अध्यक्ष बरालले बताए ।
यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले रु २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा आयोजना हुँदै आएको प्रतियोगिताबाट संकलित रकमले सहारा एकेडेमी सञ्चालन हुँदै आएको छ ।
पोखरा: जेनजी आन्दोलन चर्किँदै गएपछि कास्कीको पोखरामा पनि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले सोमबारदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी ...
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यालयमा जेन जी प्रदर्शनकारीले तोडफोडसहित आगजनीको प्रयास गरेका छन् । मुख्यमन्त्री कार्यालयमा आगजनीको प्रयास भएपछि प्रहरी र प्रदर्शनकारीबीच भएको मुठभेडले स्थिति तनावप...
काठमाडौं: ‘जेनजी’को प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार घाइतेको नयाँबानेश्वरस्थित ...