बागलुङ कारागारमा पुस्तकालय

बाग्लुङ | साउन १४, २०७९

बागलुङ कारागारमा पुस्तकालय तस्बिर साभार


बागलुङ कारागारमा नेपाल लाइब्रेरी फाउण्डेसन र अन्तर्राष्ट्रिय बागलुङ समाज मिलेर पुस्तकालय स्थापना गराएका छन् । 


गण्डकी प्रदेशका पर्यटन मन्त्री मणीभन्द्र शर्मा कंडेलले शुक्रबार एक कार्यक्रमका बीच पुस्तकालयको शुभारम्भ गरे । मन्त्री कंडेलले कारागारमा बस्ने कैदीबन्दीलाई सुधार्ने लक्ष्यले पुस्तकालय स्थापना भएको बताए । 


पुस्तक पढेर कैदीबन्दीले मानव जीवन सुधारको बाटो खोज्नुपर्नेमा उनेको जोड छ । कार्यक्रममा नेपाल लाइब्रेरी फाउण्डेसनका महासचिव धनकुमार श्रेष्ठले अब हरेक नागरिकले पढ्ने लेख्ने अधिकार पाउनुपर्ने भन्दै पुस्तकालयको प्रयोगले आफ्नो क्षमता बढाएर जेल पछिको जीवन सहज बनाउन आग्रह पनि गरे । उक्त कार्यक्रममा सहभागि भएका अन्तराष्ट्रिय बागलुङ समाजका अध्यक्ष रमेश भट्टले कारागारहरु अब सजाय गृह नभइ सुधार गृह बन्नुपर्ने बताए । उनले परिबन्धले परेकाहरुले पनि आफूलाई संहालेर अध्ययनशिल बनाउन आग्रह गरे ।

 

जेल जीवन बिताएर घर फर्केपछि आफ्नो क्षमता बढाएर कृषि कर्म गर्नेदेखि अन्य क्रियाकलाप गर्न सकुन भनेर सोही प्रकृतिका ७ सय पुस्तकसहितको पुस्तकालय बनाइएको उनले जानकारी दिए । बागलुङ कारागारमा ५० जनाको क्षमता भएको पुरुष खाना तर्फ १ सय ६२ जना र २० जनाको क्षमता भएको महिला खाना तर्फ ९ जना महिला र २ बालक गरी ११ जना रहेका छन् । फाउण्डेसनले भने पुस्तकालयको क्षमता बढाएर लैजाने लक्ष्य समेत बनाएको बताइएको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्