अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन नभएको सांसदको गुनासो
काठमाडाैं | माघ २४, २०८१
काठमाडौं: सर्लाहीको बरहथवा–१० मा प्रेम विवाह गरेका एक जोडीमाथि झुटा मुद्दा लगाइएको जनाउँदै सांसदहरुले त्यसको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर सांसदहरुले सर्लाहीको घटनामा ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँहरुले विवाह दर्तासम्म भइसकेका सत्येन्द्र, नेहालाई अन्तरजातीय विवाह गरेकै आधारमा दुःख दिन हुँदैन भन्नुभयो ।
अन्तरजातीय विवाह गर्नेलाई राज्यले प्रोत्साहन गर्ने नीति लिए पनि व्यवहारमा कार्यान्वयन नभएकामा सांसदहरुको आपत्ति थियो । यस विषयमा सांसदरु शान्ति विक, हर्कमाया विक, रणेन्द्र बराली र शिव नेपालीले आजको बैठकको आकस्मिक समयमा विचार राख्नुभएको थियो ।
आकस्मिक समयमा सांसद सुमना श्रेष्ठले सरकारले संसदमा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयकका बारेमा सामाजिक सञ्जालमा बिरोध सुरु भएको बताउनुभयो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

