अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन नभएको सांसदको गुनासो

काठमाडाैं | माघ २४, २०८१

अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन नभएको सांसदको गुनासो

काठमाडौं:   सर्लाहीको बरहथवा–१० मा प्रेम विवाह गरेका एक जोडीमाथि झुटा मुद्दा लगाइएको जनाउँदै सांसदहरुले त्यसको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ ।

 
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर सांसदहरुले सर्लाहीको घटनामा ध्यानाकर्षण गराउनुभएको हो । 


उहाँहरुले विवाह दर्तासम्म भइसकेका सत्येन्द्र, नेहालाई अन्तरजातीय विवाह गरेकै आधारमा दुःख दिन हुँदैन भन्नुभयो । 


अन्तरजातीय विवाह गर्नेलाई राज्यले प्रोत्साहन गर्ने नीति लिए पनि व्यवहारमा कार्यान्वयन  नभएकामा सांसदहरुको आपत्ति थियो । यस विषयमा सांसदरु शान्ति विक, हर्कमाया विक, रणेन्द्र बराली र शिव नेपालीले आजको बैठकको आकस्मिक समयमा विचार राख्नुभएको थियो ।


आकस्मिक समयमा सांसद सुमना श्रेष्ठले सरकारले संसदमा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयकका बारेमा सामाजिक सञ्जालमा बिरोध सुरु भएको बताउनुभयो ।

पोखरा:  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ । तमु धिं नेपालले महान ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ ।  भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन ...

थप पढ्नुहोस्