सवारी साधनबाट ७१ लाख ४२ हजार राजस्व सङ्कलन
स्याङ्जा | साउन १४, २०७९
स्याङ्जा: जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले सवारी कारबाहीबाट रु ७१ लाख ४२ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७८/७९ मा नौ हजार नौ सय १६ सवारी साधनलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो ।
सिट क्षमताभन्दा बढी यात्रु चढाउने, चालक अनुमतिपत्र विना सवारी चलाउने, तीव्र गतिमा चलाउने, अनावश्यक हर्नको प्रयोग गर्ने, सवारीको स्वरुप परिवर्तन गर्ने, अनावश्यक स्टिकर टाँस्ने, अस्पष्ट नम्बर प्लेट भएका सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।
गत आवको असारमा मात्रै कार्यालयले सबैभन्दा धेरै एक हजार छ सय १३ विभिन्न सवारी साधनलाई कारबाही गर्दा रु ११ लाख ३७ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो ।
कार्यालय प्रमुख कुँवरका अनुसार गत आव २०७८/७९ को साउनमा चार सय ७६, भदौमा पाँच सय ४४, असोजमा छ सय ८०, कात्तिकमा आठ सय १४, मङ्सिरमा छ सय ३९, पुसमा सात सय, माघमा सात सय ५०, फागुनमा आठ सय, चैतमा आठ सय ५०, वैशाखमा नौ सय ५०, जेठमा एकहजार एक सय र असारमा एक हजार छ सय १३ सवारी साधन कारबाहीमा परेका थिए ।
गत आवको साउनमा कारबाहीमा परेका सवारी साधनबाट कार्यालयले रु तीन लाख ३७ हजार पाँच सय, भदौमा रु तीन लाख ९५ हजार पाँच सय, असोजमा रु चार लाख ८४ हजार पाँच सय, कात्तिकमा रु छ लाख ६५ हजार, मङ्सिरमा रु चार लाख ८५ हजार पाँच सय, पुसमा रु चार लाख ८५ हजार, माघमा रु पाँच लाख ३१ हजार, फागुनमा रु पाँच लाख ७१ हजार, चैतमा रु छ लाख १४ हजार, वैशाखमा रु छ लाख ६४ हजार पाँच सय, जेठमा रु सात लाख ७१ हजार पाँच सय र असारमा रु ११ लाख ३७ हजार पाँच सय गरी कूल रु ७१ लाख ४२ हजार पाँच सय राजस्व सङ्कलन भएको हो ।
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

