समृद्ध समाजका लागि सकारात्मक चिन्तन जरुरी

काठमाडाैं | साउन १४, २०७९

समृद्ध समाजका लागि सकारात्मक चिन्तन जरुरी


काठमाडौँ:    समृद्ध समाजका लागि सकारात्मक चिन्तन आवश्यक पर्ने भएकाले त्यसका लागि समाजका अगुवाहरूले सही र प्रगतिशील विचार प्रवाह गर्नुपर्नेमा जोड दिइएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय बुटवलले आज आयोजना गरेको कार्यक्रमका वक्ताहरूले समाजमा हिंसा र अशान्ति बढिरहेकाले यसलाई नियन्त्रण गरी शान्त एवं समृद्ध समाजका लागि सकारात्मक विचार आवश्यक रहेको बताउनुभयो ।

 

सतविचारबाटै सतमार्गमा हिँड्न सकिने धारणा बताउँदै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले भन्नुभयो, “सयमा ९९ काम राम्रो गरे पनि एउटा काम नराम्रो भयो भने त्यही नराम्रो कामको चर्चा हुन्छ । सकेसम्म हाम्रो असल आचरण र व्यवहारका साथ काम गर्नुका साथै विचार फराकिलो बनाएर अघि बढ्नुपर्छ ।”

 

सो उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले सकारात्मक सोच लिएर अगाडि बढ्न सके शान्ति र समृद्धि छाउने विश्वास व्यक्त गर्नुभयो । “हामीले आफ्नो भूमिका निर्वाह गर्दा सकारात्मक सोच राखेर जनताका बीचमा जान सके नगर सुन्दर बन्छ । हामी आवेसमा आउँदा हामीलाई नै समस्या हुन्छ”, उहाँले भन्नुभयो ।

 

ब्रहमाकुमारी ईश्वरीय विश्वविद्यालयका क्षेत्रीय प्रमुख कमला दिदीले सबै जनप्रतिनिधिले सकारात्मक सोचका साथ काम गर्ने हो भने उपमहानगर नमूना बन्ने बताउनुभयो । “तपाईँहरू पाँच वर्षलाई चुनिएर आउनुभएको छ, चुनौती धेरै छ । जनताको आशा धेरै छन् । हामी आफ्नो पदमा रहँदा सकारात्मक विचार आवश्यक छ । कहिलेकाहीँ जनता रिसाएर आउँदा तपाईँहरू पहिले सुन्नुस् अनि मुस्कुराएर बोल्न सुरु गर्नुस्”, उहाँले भन्नुभयो ।

 

उहाँले क्रोध गर्न शक्ति नचाहिने तर सहन शक्ति चाहिने भएकाले कुनै पनि कुराको सामना हात र मुखले नभई धैर्यता र बुद्धिले गर्नुपर्ने बताउनुभयो । “निन्दा गर्नेको पनि इस्ट बन्नुपर्छ । विचारमा शान्ति, बोलीमा शान्ति भयो भने नागरिकको मनमा बस्न सकिन्छ”, उहाँले भन्नुभयो । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जनप्रतिनिधिलाई कामको बोझका कारण तनाव बढी हुने भएकाले यस्ता प्रशिक्षण आवश्यक रहेकामा जोड दिनुभयो ।

 

कार्यक्रममा प्रशिक्षण दिँदै ब्रह्मकुमार राजुले कुनै पनि परिस्थितिलाई सहजरूपमा लिन सके तनाव नहुने बताउनुभयो । “खुसीजस्तो खुराक छैन, चिन्ताजस्तो रोग छैन”, उहाँले भन्नुभयो, “हाम्रो मनमा उत्पन्न नकारात्मक विचार नै दुःखको कारण हो । त्यसैले सधैँ सकारात्मक सोचौँ”, उहाँले भन्नुभयो ।

 

ब्रहमकुमारी राजयोगिनी सीमाले सकारात्मक चिन्तनले जीवन परिवर्तन हुने बताउनुभयो । अशान्त मनलाई शान्त बनाई आफ्नो जिम्मेवारी प्रभावकारी ढङ्गले निर्वाह गर्न सकारात्मक सोच राख्नुपर्ने उहाँको भनाइ छ । अग्रज पत्रकार डा बालकृष्ण चापागाईँले शान्ति स्थापना गर्नमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । ब्र्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका क्षेत्रीय प्रमुखसचिव नारायणले यो विश्वविद्यालय अन्तर्राष्ट्रिय आध्यात्मिक शैक्षिक संस्था भएकाले सकारात्मक विचारको प्रवाह गर्दै आएको उल्लेख गर्नुभयो । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्