उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आहा! राराको फाइनलमा
पाेखरा | फागुन १, २०८१
पोखरा: थ्रीस्टार क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी २४ औं आहा! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा बिहीवार भएको दोस्रो सेमिफाइनलमा थ्रीस्टारलाई ४–० गोल अन्तरले हराउँदै ब्ल्याक बुल्स उपाधि नजिक पुगेको छ।
पहिलो हाफमा १–० ले पछि परेको थ्रीस्टारले दोस्रो हाफ ३ गोल सामना गर्यो ।
ब्ल्याक बुल्सले अब उपाधिका लागि ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबसँग खेल्नेछ।
पहिलो सेमिफाइनलमा बुधवार पुलिसले चर्च ब्वाईज युनाइटेड लाई १–० ले हराउँदै फाइनल पुगेको थियो। फाइनल शनिबार हुनेछ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

