मोटरसाइकल त्रिशुलीमा खस्यो, चालक बेपत्ता
चितवन | फागुन २, २०८१
चितवन: नारायणगढ–काठमाडौं सडक खण्डमा बाइक दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् । शुक्रबार बिहान ११ बजे चितवनको चट्टाने भीर (कालीखोला)मा डिभाइडरमा ठोक्किएर बाइकसहित चालक त्रिशूली नदीमा खसेका हुन् ।
बेपत्ता हुनेमा लमजुङ घर भई चितवनको भरतपुर बस्ने रोहित राना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि नेपाल प्रहरी र सशस्त्रको गोताखोर टोलीले चालकको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

