पूर्वेली एफसीलाई भिमप्रसाद स्मृति मुस्ताङ कपको उपाधि
प्रतियोगिताले मुस्ताङबासीलाई एकताको सुत्रमा बाँधेको छ: प्रदेश सांसद शेरचन
पाेखरा | फागुन ३, २०८१
पोखरा: मुस्ताङ युथ फेमेलीले आयोजना गरेको पहिलो संस्करणको ‘मुस्ताङ कप भिमप्रसाद गौचन स्मृति फाइभ ए साइड फुटसल प्रतियोगिता’ को उपाधि पूर्वेली एफसीले जितेको छ ।
पोखरा महानगरपालिका ११ स्थित रानीपौवा स्पोर्टस् सेन्टरमा आज (शनिबार) भएको फाइनल खेलमा जिसिबिएसलाई ३–१ गोल अन्तरले पराजित गर्दै पूर्वेलीले उपाधि जितेको हो ।
उपाधिसँगै पूर्वेलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको जिसिबिएसले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।
कुल ८ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट जिसिबिएसका वाङ्गेल गुरुङ सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।

यस्तै पूर्वेलीका सन्देश राई सर्वाधिक गोलकर्ता (५ गोल), तथा सोही टिमकै सुवास गुरुङ उत्कृष्ट गोलरक्षक बने ।
प्रतियोगिताको विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई समापन समारोह तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथिसमेत रहेको गण्डकी प्रदेश सभा सदस्य विकल शेरचन, स्व. भिमप्रसाद गौचनका परिवार, जिल्ला खेलकुद विकास मुस्ताङका उपाध्यक्ष असिम शेरचन, कार्यक्रम संयोजक टासी गुरुङ, प्रायोजकहरु लगायतले पुरस्कार वितरण गरे ।
सो अवसरमा बोल्दै प्रदेश सांसद शेरचनले उक्त प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
उनले आगामी वर्षमा हुने दोस्रो संस्करणको प्रतियोगितालाई भव्य बनाउनका लागि आफ्नो तर्फबाटपनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले प्रतियोगिताले मुस्ताङबासीलाई एकताको सुत्रमा बाँध्ने उल्लेख गरे ।
‘यो प्रतियोगिता केवल प्रतियोगिता मात्र नभएर मुस्ताङबासीलाई एकताको सुत्रमा बाँध्ने एउटा माहौल भएको छ, उनले भने, ‘त्यसैले यो प्रतियोगिता आगामी वर्षपनि परिस्कृत गर्दै आयोजना गर्न आवश्यक छ । त्यसका लागि म मेरो तर्फबाट पनि सहयोग गर्न तयार छु ।’
काठमाडौँ: वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् । राजनीतिक यात्राको आर...
उदयपुर: सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँ...
म्याग्दी: यहाँ उत्पादन हुने कोदोको परिकारको विविधीकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ । कोदोको परिकार ढिँडो, रोटी र खोलेमा मात्र ...

