भारतलाई पराजित गर्दै फाइनल पुग्ने नेपालको योजना
काठमाडाैं | साउन १५, २०७९

साफ यू-२० च्याम्पियनसिप फुटबलमा आज नेपालले तेस्रो खेल घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ । भुवनेश्वर स्थित कालिंगा रङ्गशालामा जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै फाइनलमा पुग्ने योजनामा छ ।
भारतलाई हराएमा नेपालले फाइनल यात्रा तय गर्नेछ । नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले खेलाडीले राम्रो प्रदर्शन गरिरहेकोले जित निस्कनेमा विश्वास ब्यक्त गर्नुभएको छ । ‘‘भारत घरेलु टोली हो । तर, हाम्रो खेलाडीको मनोबल उच्च छ । हामी सबै खेल जित्दै अगाडि बढ्न चाहन्छौं,’’ केसीले भन्नुभयो । नेपाल र भारतबीचको खेल साँझ ७ः१५ बजे सुरु हुनेछ ।
उपाधि चुम्ने लक्ष्यका साथ भारत गएको नेपालले अघिल्ला दुई खेलमा लगातार जित निकालेको छ । नेपालले यसअघि पहिलो खेलमा माल्दिभ्सलाई ४-० र दोस्रो खेलमा श्रीलङ्कालाई ३-० गोलले पराजित गरेको थियो । पाँच टोली सहभागि प्रतियोगितामा नेपाल तालिकाको दोस्रो स्थानमा छ । नेपालले दुई खेलबाट ६ अङ्क बनाएको छ । तीन खेलमा अपराजित रहेको बङ्गलादेश ९ अङ्कसहित शीर्षस्थानमा छ ।
यता अघिल्ला दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको भारतका लागि नेपालसँगको खेल महत्वपूर्ण छ । भारत पनि नेपाललाई रोकेर अगाडिको यात्रा कायम राख्ने दाउमा छ । दुई खेलबाट तीन अङ्क बनाएको भारत तेस्रो स्थानमा छ ।
माल्दिभ्स र श्रीलङ्काले भने अङ्कको खाता खोल्न सकेका छैनन् । नेपालले लिग चरणको अन्तिम खेल मङ्गलबार बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टोलीबीच शुक्रबार फाइनल प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले जितका लागि १३२ रनको लक्ष्य पाएको छ। ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ...
काठमाडौं: संघीय राजधानी काठमाडौँलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लालाई जोड्ने बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगै...
काठमाडौं: सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै असोज २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय...