पोखरामा पहिरोमा परी सन्तोषको मृत्यु

पाेखरा | साउन १६, २०७९

पोखरामा पहिरोमा परी सन्तोषको मृत्यु तस्बिर फाइल


पोखरा महानगरपालिका-६ डिहिकोपाटनमा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु भएको छ  ।

 

गएराति करिब १ बजे पहिरोमा परेर लक्ष्मी खड्का क्षेत्रीको घरमा डेरा गरी बस्ने २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको हो,  एक जना घाइते भएका छन । 

 

कास्कीको  माछापुच्छ्रे गाउँपालिका वडा नं.१ भुर्जुङखोला तातोपानी घर भएका उनलाई १ बजेर ५५ मिनेटमा उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाइएको थियो । सन्तोषलाई डाक्टरहरुले  उपचारको क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

पहिरोमा परेर सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार घाइते भएको र उनकी १० वर्षीया छोरी सिम्रन सुनारको सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  । घाइते सुनारको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको बाहिरी चोट नदेखिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

पहिरोको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायव उपरीक्षक डिएसपी सुन्दर तिवारीको कमाण्डमा २५ प्रहरी र सशस्त्र प्रहरी बल कालिका गणका इन्सपेक्टर उमेश ढकालको कमाण्डमा १५ जनाको टोली उद्धारमा खटिएको थियो ।

सुर्खेत:  आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...

थप पढ्नुहोस्

चितवन:  पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...

थप पढ्नुहोस्

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्