कास्कीले खतराको तह पार गर्यो, २४ घण्टामा ३३१ मिलिमिटर वर्षा

पाेखरा | साउन १६, २०७९

कास्कीले खतराको तह पार गर्यो, २४ घण्टामा ३३१ मिलिमिटर वर्षा


काठमाडौं।   आइतबार दिउँसो देखि निरन्तर परेको वर्षाले छ स्थान खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङकनुसार  पोखरा, वर्दाघाट, दमक, लामपाटन, शक्तिखोर र सुनसरीको तरहरा क्षेत्रमा पानीको सतह बढेसँगे खतराको तह पार गरेको छ ।

 

यो समाचार तयार पार्ने समयसम्म पछिल्लो २४ घण्टामा कास्कीको लामपाटनमा सबैभन्दा धेरै ३३१ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ । २४ घण्टामा कास्कीमा २७२ मिलिमिटर र चितवनको शक्तिखोरमा १९५ मिलिमिटर पानी परेको छ ।  विभागले २४ घण्टामा १४० मिलिमिटर र १२ घण्टामा १२० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई खतरा मानिन्छ ।

 

विभागले सोमबार विहानै देखि देशैभर वर्षा हुने जनाएको छ । भारी वर्षा भएको र थप वर्षा हुने पूर्वानुमान रहेकाले उक्त क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बाढी हुन सक्छ, तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन अनुरोध गरेको छ । 

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्