जैविक सुरक्षा नअपनाउँदा कुखुरामा ब्याक्टेरिया र भाइरसको समस्या

चितवन | फागुन १९, २०८१

जैविक सुरक्षा नअपनाउँदा कुखुरामा ब्याक्टेरिया र भाइरसको समस्या तस्बिर फाइल

चितवन: यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले चितवनसहित १६ जिल्लाबाट सङ्कलित नमूना परीक्षण गर्दा ब्याक्टेरिया र भाइरसको समस्या बढी देखिएको छ । जैविक सुरक्षाको अभावमा यी सङ्क्रमण देखिएका हुन् ।

    
प्रयोगशालाले साउन यता ६ महिनामा एक हजार २८५ किसानको दुई हजार १७५ कुखुराको शवपरीक्षण गरी रोगको परीक्षण गरेको थियो । 


कार्यालयका प्रमुख विजयकुमार श्रेष्ठका अनुसार वातावरणमा हुने ब्याक्टेरियाका कारण इकोलाई २९५, गम्बारो भाइरस १६८, सिआरडी ब्याक्टेरिया १५४, ढुसी (माइक्रोटक्सिन) ११२ र साल्मोनेला ब्याक्टेरिया ७२ वटामा देखिएको छ । 

    
यस्तै, एसआइटिस (पेटमा पानी जम्ने) ५९, सिसिआरडी ब्याक्टेरिया ४१, फाउल कलेरा (कुखुराको हैजा) २५, कक्सी डियोसिस ९रातो छेर्ने० १९, जुका १४ र रानीखेत आठ वटामा देखिएको थियो । 


यही अवधिमा चार वटा खोरका ‘ब्वायलर’ कुखुरामा एच ९ देखिएको थियो । यी रोगका कारण शत्प्रतिशतसम्म मृत्यु हुने भएकाले जैविक सुरक्षा अपनाउनुपर्ने उहाँको भनाइ छ । रानी खेत, बर्डफ्लुजस्ता कारण शत्प्रतिशत कुखुरा मर्ने गर्दछन् । 


गम्बारो २० प्रतिशत, एच ९ ले ५० प्रतिशत कुखुरा मर्ने भन्दै उहाँले समयमा नै सतर्कता अपनाउन कृषकहरूलाई सुझाव दिएको बताउनुभयो । 


फार्ममा दाना, पानी, औषधि, भुसलगायत सामग्री लैजाँदा र अण्डा बाहिर पठाउँदा जैविक सुरक्षालाई कडाइका साथ अवलम्बन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । बजारमा निःसङ्क्रमण गर्ने औषधि पाइने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निःसङ्क्रमण गर्नुपर्ने हुन्छ । 

    
मौसम परिवर्तनको समय भएकाले बर्डफ्लुको समेत उच्च जोखिम हुने हुँदा देशैभरका कुखुरापालक कृषकले ध्यान दिनुपर्ने श्रेष्ठको भनाइ छ । यस कार्यालयले देशैभरिका पन्छीका नमूना लिएर परीक्षण गर्ने गर्दछ । 


यस वर्षको पुससम्ममा बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका १६ जिल्लामा पालिएका पन्छीहरूको नमूना परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । धेरै कुखुरा चितवनमा पालिएको र कार्यालय यही भएकाले बढी नमूना चितवनका रहेका छन् ।  

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्