पोखरामा भोलिदेखि पार्क पुरुष भलिबल प्रतियोगिता, उपाधि राशी ६० हजार
पाेखरा | फागुन १९, २०८१
पोखरा: पोखरामा भोलिदेखि पहिलो पार्क पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । चिर्को युनिटी पोखराको आयोजना र पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको संयोजनमा प्रतियोगिता हुन लागेको हो ।
भोलिदेखि फागुन २४ गतेसम्म पहिलो पार्क पुरुष भलिबल प्रतियोगिता हुन लागेको चिर्को युनिटी पोखराले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
चिर्को युनिटी पोखराका अध्यक्ष अञ्चल शाही ठकुरीले काठमाडौं पछि पोखरामा पहिलो पटक पार्क पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको बताए ।
‘पार्क पुरुष भलिबल प्रतियोगिता हामीले पहिलो संस्करणमा काठमाडौंमा समेत सम्पन्न गरिसकेका छौं, अध्यक्ष ठकुरीले भने, ‘काठमाडौंपछि पोखरामा पहिलो पटक प्रतियोगिता सञ्चालन गर्दै छौं, पोखरामा यस प्रतियोगितालाई निरन्तरता दिँदै आउँदो प्रतियोगितामा महिला भलिबललाई समेत प्राथमिकता दिँदै जान्छौं ।’
भोलिदेखि सुरु हुने पहिलो पार्क पुरुष भलिबल प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३५ हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडलर र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडmी सर्भर, डिफेन्डर, सेटर, स्पाइकर, ब्लकर र प्रशिक्षकले ट्रफी प्राप्त गर्नेछन् ।
यस प्रतियोगितामा सातौं, आठौं र नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका १ जना खेलाडीलाई मात्र एक टिममा समावेश गर्न पाउने अध्यक्ष ठकुरीले बताए । यस प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ४ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
प्रतियोगिता पोखरा महानगरापालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा सञ्चालन हुनेछ । पार्क भलिबल प्रतियोगितामा एक टिममा ५ जना खेलाडी र प्रशिक्षक हुनेछन् ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

