समिर सुनचाँदीलाई पार्क भलिबलको उपाधि, सञ्जु सर्वोत्कृष्ट खेलाडी
पाेखरा | फागुन २४, २०८१
पोखरा: पोखरामा सम्पन्न भएको पहिलो पार्क पुरुष भलिबल प्रतियोगिताको उपाधि समिर सुनचाँदी पसलले जितेको छ ।
चिर्को युनिटी पोखराको आयोजना र पोखरा भलिबल प्रशिक्षण केन्द नदीपुरको संयोजनमा भएको पहिलो पार्क पुरुष भलिबल प्रतियोगिताको उपाधि समिर सुनचाँदी पसलले जितेको हो ।
पोखरा महानगपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा भएको फाइनल खेलमा समिर सुनचाँदी पसलले पर्वतको पकुवालाई ३–१ को सेटमा पराजित गदैै उपाधि जितेको हो ।
समिर सुनचाँदीले पहिलो सेट २५–१९ ले जितेको पनि दोस्रो सेट २८–३० ले गुमाएको थियो । तेस्रो सेट २५–२१ र चौथो सेट २५–१९ ले जित्दै समिर सुनचाँदीले पहिलो पार्क पुरुष भलिबलको उपाधि जितेको हो ।
उपाधि जितेको समिर सुनचाँदीले ६० हजार र उपविजेता पर्वत पकुवाले ३५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
विधागततर्फ सञ्जु विक्रम शाह सर्वोत्कृष्ट
यस्तै विधागतर्फ समिर सुनचाँदी पसलका सञ्जु विक्रम शाह सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

यस्तै समिर सुनचाँदीका देवेन्द्र परियार उत्कृष्ट सेटर, रमेश गुरुङ ब्लकर, पर्वत पकुवाका रिम गुरुङ उत्कृष्ट डिफेन्डर, साहिल क्षेत्री सर्भर, पर्वत पकुवाका सन्दिप बस्याल उत्कृष्ट स्पाइकर र समिर सुनचाँदीका समिर विश्वकर्मा उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले ट्रफी प्राप्त गरे ।
चिर्को युनिटी पोखराको आयोजना र पोखरा भलिबल प्रशिक्षण केन्द नदीपुरको संयोजनमा भएको पहिलो पार्क पुरुष भलिबल प्रतियोगिता फागुन २० देखि २४ गतेसम्म सञ्चालन भएको थियो ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

