पोखरामा रेफ्री क्याटगोरी–४ कोर्ष सुरु
पाेखरा | फागुन २५, २०८१
पोखरा: गण्डकी प्रदेश फुटबल संघको आयोजनामा शनिबारदेखि पोखरामा क्याटगोरी–४ रेफ्री लाइसेन्स कोर्ष सुरु भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को मान्यताप्राप्त गण्डकीका जिल्लाहरुमा फुटबल रेफ्री विकास गर्ने उदेश्यका साथ सनिवारबाट उक्त कोर्ष सुरु भएको हो ।
एन्फाका रेफ्री कमिटी संयोजक तथा रेफ्री संघका अध्यक्ष बुद्धिबहादुर गुरुङले कोर्ष पछि फुटबलको रेफ्री सदस्यको संख्यामा वृद्धि हुने बताए । उनले कोर्षबाट फिफाको १७ वटा नियममा बसेर आधिकारिक फुटबल खेलाउन योग्य हुने र क्याटगोरी ४ पहिलो खुडकिलो रहेको सुनाए ।
‘रेफ्री परिवारमा अब आउन लाग्नुभएको छ त्यसका लागि स्वागत छ । तपाईहरुले हिजोसम्म तपाईले आफ्नो हिसाबले फुटबल खेलाउनुभयो होला खेल्नुभयो होला तर, आजबाट तपाईहरुले आधिकारिक रेफ्रीका लागि आउँदै हुनुहुन्छ’ उनले भने, ‘रेफ्रीले के गर्नुपर्छ के गर्नुहुन्न भन्ने रेफ्रीका नियमहरु १७ वटा छन त्यो अब जानकारी हुन्छ त्यसैले तपाईहरुले राम्ररी सिक्नुहोस् ।
फुटबल खेलको विकास र विस्तारका लागि रेफ्रीको भूमिका अत्यावश्यक रहेको र त्यसका लागि रेफ्री उत्पादन महत्वपूर्ण कदम रहेको उनको भनाइ छ ।
उनले सात दिनको आधारभूत तालिम पर्याप्त नभएतापनि आधिकारिक तालिम भएकाले दत्तचित्त भएर सिक्न अनुरोध गरे । रेफ्री कोर्षका लागि सबै युवा देखिएको र रेफ्रीका लागि सबैभन्दा महत्वपूर्ण कुरा फिटनेस रहेको सुनाए । रेफ्रीका नियममा पोख्त हुँदैमा रेफ्री बन्न नपाइने र त्यसका लागि फिटनेस नै पहिलो प्राथमिकता रहेको उनको भनाइ छ ।
गण्डकी प्रदेश फुटबल महासंघका महासचिव विनोद गुरुङले कोर्षका लागि गण्डकी प्रदेशभित्रका २९ जनाको सहभागिता रहेको बताए ।
उनका अनुसार सात दिनको कोर्षमा फिटनेश परीक्षणदेखी प्रयोगात्मक र लिखित परीक्षा हुनेछ । जसमा पास हुनेले एन्फा क्याटगोरी ४ को प्रमाणपत्र प्राप्त गर्नेछन् ।
‘क्याटगोरी ४ भनेको रेफ्रीका लागि पहिलो लेभल हो यसपछि क्याटगोरी ३, क्याटगारी २, क्याटगोरी १ गर्दै फिफा रेफ्रीसम्म जान्छ यो कोर्ष पास गरेको खण्डमा मात्रै अर्को लेभलमा जान पाउँछ’ उनले भने, ‘क्याटगोरी ३ देखी एकसम्म यहि बाट छानिनेहरु जाने हो त्यहाँ पनि कोर्ष पास गर्नुपर्ने हुन्छ ।’
गत वर्ष समेत क्याटगोरी ४ को कोर्ष गराउँदा ३५ जनाको सहभागिता रहेको थियो । जसमा १६ जनामात्रै पास भएका थिए । अहिले क्याटगोरी ४ पास गर्नेका लागि क्याटगोरी ३ को कोर्ष गराउने लक्ष्य प्रदेशको रहेको उनी सुनाउछन् ।
रेफ्री संयोजक गुरुङसहित रेफ्री प्रशिक्षक विरेन्द्र पाण्डे, सचिन अमात्य र रोजन श्रेष्ठले प्रशिक्षण दिनेछन् । कोर्षका लागि टेक्निकल सहयोग एन्फाले गरेको छ भने गण्डकी प्रदेश सरकार र प्रदेश खेलकुद परिषद गण्डकीको समेत यसमा सहयोग रहेको महासचिव गुरुङले जानकारी दिए ।
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

