पोखरा १५:  सडक मर्मत गर्न कस्सिए जनप्रतिनिधि

पाेखरा | साउन १७, २०७९

पोखरा १५:  सडक मर्मत गर्न कस्सिए जनप्रतिनिधि

 

पोखरा  ।  आइतबार साँझदेखि परेको भारी वर्षाका कारण आएको भलले सडक बिग्रिएपछि सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै स्थानीयले जनप्रतिनिधिलाई समस्या राखेकोमा केही बेरमै समस्याको सम्बोधन भएको छ।

 

पोखरा महानगरपालिका वडा नं –१५ राम बजार स्थित पानीको पाइप बिछ्याइएको सडक रातभरको भलले खोलेर सडकमै खाल्डो परेकोमा वडाका जनप्रतिनिधि आफै श्रमदानमा जुटेका हुन्।

 

खाल्डोका कारण सडक दुर्घटना हुनसक्ने तथा आवागमनमा समस्या हुने देखिएपछि सोमबार बिहानै स्थानीयले जनप्रतिनिधि अध्यक्ष तोरण बहादुर बानियाँ र सदस्य आशिष भण्डारीलाई समस्या सुनाएकोमा समस्या राखेको केही समयमै उनीहरू ग्राभेलसहित आफै खाल्डो पुर्न अघि सरेका हुन्।

 

वडावासीको समस्यामा जनप्रतिनिधिले तत्काल चासो दिएरआफै अग्रसर भएपछि राम बजारका स्थानीयवासी  नीरज थापाले सामाजिक सञ्जालमा प्रशंसा गर्दै सकारात्मक सोचाइ भएको नेतृत्वको संज्ञा दिएका छन्। 

 

अध्यक्ष बानियाँ र सदस्य आशिष भण्डारी हालैको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू हुन्।

काठमाडौं:   नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा...

थप पढ्नुहोस्

काठमाडौं: नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धार...

थप पढ्नुहोस्

पोखरा:  अटो व्यवसायी तथा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्व अध्यक्ष ध्रुव थापाले आफू कुनै राजनीतिक व्यक्ति, भ्रष्ट वा तस्कर नहुँदा पनि यहि भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आफ्नो घर र कार्यालय त...

थप पढ्नुहोस्