आधारशिविर पुग्यो ‘आइसफल डाक्टर’को टोली
सोलुखुम्बु | चैत २, २०८१

सोलुखुम्बु: सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउन खटाइएको ‘आइसफल डाक्टर’को टोली आधारशिविर पुगेका छन् ।
उनीहरुले शनिबारदेखि आधारशिविर ‘क्याम्प सेट’ सुरु गरेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।
आगामी सातादेखि टोलीले बाटो बनाउन सुरु गर्ने एसपिसिसीले जनाएको छ । उक्त टोलीले दोस्रो शिविरसम्म डोरी टाँग्ने, भ¥याङ राख्नेलगायतका काम गर्नेछन् । यस पटक छिरिङ तेन्जिङ शेर्पासहित आठजना अनुभवी ‘आइसफल डाक्टर’का टोली खटिएका छन् ।
आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाको नेतृत्वमा दुई छुट्टा–छुट्टै टोली गठन गरिएको छ । टोलीमा मिङ्मा ग्याल्जेन शेर्पा, दावाछिरी शेर्पा, दावानुरु शेर्पा, निमतेन्जी शेर्पा, तेन्डु शेर्पा र लाक्पासोना शेर्पा रहेका छन् ।
आधारशिविरदेखि खुम्बु आइसफल हुँदै दोस्रो शिविरसम्मको रुट खोल्ने जिम्मा पर्यटन विभागले सन् १९९७ देखि एसपिसिसीलाई दिँदै आएको हो । यस वर्ष आठ जना ‘आइसफल डाक्टर’ र सहयोगीसहित गरी करिब ३० जनाको टोलीले एक महिनासम्म सो क्षेत्रमा काम गर्ने अध्यक्ष शेर्पाले बताउनुभयो ।
आइसफल डाक्टरको टोलीले आधारशिविरदेखि दोस्रो शिविर सम्मको ‘रुट’ तयार गरिसकेपछि मात्र आरोहीहरुले आरोहण गर्ने र त्यस भन्दा माथीको ‘रोप पिक्सिङ’को अनुमति पाउँछन् ।
यसवर्षको आइसफल डाक्टरहरुले दोस्रो शिविरसम्म रुट खोल्नका लागि करिब रू ८० लाख लाग्ने एसपिसिसीको अनुमान छ । एसपिसिसीले प्रत्येक विदेशी आरोहीबाट छ सय डलरका दरले शुल्क लिने गरेको छ भने नेपालीलाई आरोहीलाई शुल्क लाग्दैन ।
सगरमाथाको दोस्रो शिविरसम्म जाने बाटो निर्माण गर्न खुम्बु आइसफल क्षेत्र जोखिमयुक्त भाग हो । आइसफल डाक्टररुले जोखिमपूर्ण स्थानमा भ¥याङ राख्ने, डोरी टाँग्ने, हिउँ तथा बरफको अस्थिर संरचनालाई हटाउने गर्छन् ।
हिउँका कारण छिनछिनमा बिग्रिने भएकाले बाटो बनाउन कठिन हुने ‘आइसफल डाक्टर’का अगुवा आङसर्की शेर्पाले बताउनुभयो ।
“हिमालमा बाटो बनाउने काम कहाँ सजिलो छ र, अहिले बनायो एकैछिनमा हिउँले बिग्रिहाल्छ त्यसैले डोरी टाँग्ने र बाटो बनाउने काम निकै जोखिमपुर्ण हुन्छ, कतिपय अवस्थामा हिमपहिरोले हामीलाई पनि पुर्न सक्छ”, उहाँले भन्नुभयो ।
मनाङ: मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्...
काठमाडौं: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार...
पोर्चुगल: वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे ब...