होन्डुरसको टापुबाट उडेको विमान दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु

काठमाडाैं | चैत ५, २०८१

होन्डुरसको टापुबाट उडेको विमान दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु

होन्डुरसको क्यारेबियन टापु रोआटानबाट उड्ने क्रममा सोमबार एउटा सानो विमान समुद्रमा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। 

 

दमकल विभागका मेजर विल्मर गुरेरोले पत्रकारहरूलाई दुर्घटनास्थलबाट १० जनालाई निकालिएको र तीमध्ये ६ जनालाई अस्पतालमा मृत घोषणा गरिएको बताए। 

 

त्यसपछि समुद्रमा विमाननजिकै एक चालक दलको सदस्यको शव तैरिरहेको फेला परेको थियो। उक्त विमान किनारबाट करिब एक किलोमिटर टाढा दुर्घटनामा परेको थियो। 

 

अधिकारीहरूले विमानमा सवार व्यक्तिहरूको सङ्ख्याका बारेमा १७ वा १८ रहेको परस्पर विरोधी रिपोर्ट दिएका छन्। 

 

गुरेरोले यात्रुहरूमध्ये एक ४० वर्षीय फ्रान्सेली नागरिकलाई मूल भूमिमा रहेको सान पेड्रो सुला सहरको अस्पतालमा स्थानान्तरण गरिने बताए। 

 

लान्सा एयरलाइन्सको विमान बे आइल्यान्ड्सको एक रोआटानबाट साँझमा उडान भरेको थियो र मूल भूमिमा रहेको ला सेइबा बन्दरगाहतर्फ जाँदै थियो। रोआटान होन्डुरसको मुख्य पर्यटकीय गन्तव्यमध्ये एक हो। 

 

“विमान झन्डै हामीमाथि खस्यो। म माछा मार्दै थिएँ”, एचसिएच टेलिभिजनलाई एक माझीले भने। 

 

होन्डुरसका राष्ट्रपति सिओमारा क्यास्ट्रोले दुर्घटनाका पीडितहरूलाई सहयोग गर्न सशस्त्र बल, दमकल र अन्यहरू समावेश भएको आपत्‌कालीन समिति ‘तुरुन्तै सक्रिय’ गरेको बताए। 

 

ब्रिटिस निर्मित जेटस्ट्रीम ४१ मा ‘स्पष्ट यान्त्रिक खराबी’ का कारण दुर्घटना भएको प्रहरीले विज्ञप्तिमा जनाएको छ। रासस/एएफपी

पोखरा:  अटो व्यवसायी तथा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्व अध्यक्ष ध्रुव थापाले आफू कुनै राजनीतिक व्यक्ति, भ्रष्ट वा तस्कर नहुँदा पनि यहि भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आफ्नो घर र कार्यालय त...

थप पढ्नुहोस्

काठमाडौं:  भदौ २३ र २४ गते दुई दिन भएको जेन-जी आन्दोलनमा देशभर मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।  आन्दोलनका क्रममा ३ जना प्रहरीसहित ५१ जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांक छ । आन्दोलनका क्...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल प्रहरीले जेनजी आन्दोलनमा भएको लुटपाटमा संलग्न व्यक्तिहरूको प्रमाण पठाउनका लागि माग  गरेको छ । प्रहरीले लुटपाटमा संलग्नलाई कारबाही गर्नका लागि प्रमाण र सबुत पठाउनका लागि म...

थप पढ्नुहोस्