पिएन क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला
पाेखरा | चैत ५, २०८१
पोखरा: पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अर्को सूचना जारी नभएसम्म स्थगित भएको छ ।
स्ववियु निर्वाचन कार्यालयमा संयुक्त प्यानलसहित अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी युनियनले तालबन्दी गरेपछि निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत प्राध्यापक डा. रामचन्द्र पोखरेलले विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् ।
आज बिहान ८ देखि दिउँसो ४ बजेसम्म निर्वाचन हुने समय तोकेपनि निर्वाचन समितिको त्रुटिका कारण विवाद हुँदा मतदान हुन सकेको थिएन ।
निर्वाचन समितिले बुधबारका लागि निर्वाचन हुने सूचना जारी गरेपछि स्ववियु निर्वाचन कार्यालयमा संयुक्त प्यानलसहित अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी युनियनले तालबन्दी गरेपछि अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित भएको जनाएको छ ।
तालबन्दीका कारण भोलिको निर्वाचन प्रक्रियालाई अगाडि बढाउन बाधा उत्पन्न भएको हुनाले सर्वपक्षीय छलफलद्धारा स्ववियु निर्वाचनको मिति तय गर्ने जनाइएको छ ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

