प्रदेशको भूमिका खोज्दै लोकतान्त्रिक खेलकुद

पाेखरा | साउन १८, २०७९

प्रदेशको भूमिका खोज्दै लोकतान्त्रिक खेलकुद


 
पोखरा ।  पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले प्रदेशको भूमिका खोज्न सुरु गरेको छ । 

 

पोखरामा हुन लागेको प्रतियोगितामा प्रदेशका खेल संघ संस्था र पूर्व खेलाडीहरुलाई कुनै भूमिका नदिएको लोकतान्त्रिक खेलकुद संघ, गण्डकी प्रदेशले अयोजना गरेको अग्रज खेलाडी भेटघाट कार्यक्रममा उपस्थित पूर्व खेलाडीहरुले गुनासो गरेका छन् । दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको ३९ वर्षपछि गण्डकी, प्रदेशको राजधानी पोखरामा आयोजना हुने प्रतियोगितामा पूर्व खेलकर्मी र खेल सँग सम्बन्धीत संघसंस्थालाई कुनै भूमिका नदिएको उनीहरुको गुनासो छ ।

 

कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघक केन्द्रीय सदस्य रञ्जन थापाले देश संघीय संरचनामा गएपनि खेलका संघ संस्थाहरु त्यही अनुसार चल्न नसकेको बताए । प्रदेशको राजधानी हुने प्रतियोगितामा प्रदेशको एक जनालाई मात्र समेटेर उपसमितिको संयोजक तोकेकाले अझै खेलकुदमा केन्द्रीकृत मानसिकता हाबी भएको उनको भनाई थियो । 

 

बक्सिङका पूर्व खेलाडी तथा पर्यटन व्यावसायी गणेशबहादुर भट्टराइले नवौं राष्ट्रिय गौरवको प्रतियोगिता भएकाले सफल बनाउन लाग्नुपर्ने बताए । राष्ट्रिय खेलकुद परिषद्ले पोखरामा हुने प्रतियोगितामा प्रदेशकै पूर्व खेलाडीहरुको अनुभवका आधारमा काम गर्नुपर्नेमा जोड दिंदै प्रदेशभरका पूर्व खेलाडी तथा खेल संघसंस्थालाई कुनै न कुनै भूमिका दिनुपर्ने उनको भनाई थियो । एक फरक प्रसंगमा भट्टराइले संघ नेपाली कांग्रेसको भातृ संठगन भइसकेकाले मैदानमा स्वतन्त्र भएपनि मैदान बाहिर पार्टीलाई हित हुने कार्य गर्नुपर्नेमा जोड दिए । २०४६ सालको आन्दोलन पछि नेपाली कांग्रेसले खेल क्षेत्रको नेतृत्व लिन नचाहेकै कारण पछिल्लो समय खेल क्षेत्रमा भ्रष्टचार व्यस्त भएको उनको जिकिर थियो । कम्युनिष्टहरुले आफ्नो सरकार भएको समय क्षेत्रमा आफ्नो प्रभूत्व जमाएको र उनीहरुले अनियमितता गरेको उनको भनाई थियो । ती अनियमितालाई चिर्नका लागि पनि लोकतान्त्र र प्रजातन्त्रमा आस्था राख्ने खेलाडीहरु एकजुट हुनु जरुरी रहेको उनको जिकिर छ । 

 

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले तयारी सुरु भएको समाचारमा मात्र पढेको, सुनेको बताए । आफू जिल्ला क्रिकेट संघको अध्यक्ष भएपनि अहिलेसम्म कुनै भूमिका नपाएको उनको गुनासो थियो । यसका लागि लोकतान्त्रिक खेलकुद संघले पहल गर्नुपर्ने उनको धारणा छ । भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तथा पूर्व भलिबल खेलाडी हरी पराजुलीले राष्ट्रिय खेलकुद हुँदा मुल आयोजक कमिटीमा गण्डकीको सहभागीता कम हुनु लज्जाको विषय भएको बताए । प्रदेशमा हुने प्रतियोगितामा भूमिका पाए पनि नपाएपनि सहयोग गर्ने उनको प्रतिवद्धता छ तर खेल क्षेत्रमा हुने भ्रष्टचार र बदमासीका विरुद्ध आवाज उठाउन नछोड्ने उनले बताए । नेपाल आर्चरी संघका केन्द्रीय उपाध्यक्ष बसन्त थकालीले खेलकुद क्षेत्रमा लोकतान्त्रमा आस्था राख्ने खेलाडीको गुनासो र समस्या सुन्नका लागि पार्टीले नेतृत्व लिनुपर्नेमा जोड दिए । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य जयराम खनाल, नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीका अध्यक्ष हरिश्वर पोखरेलले आगामी असोजमा हुने राष्ट्रिय खेलकुदमा प्रदेशको अपनत्व हुने वातावरण बनाउन पहल गर्ने बताए ।

 

नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीका अध्यक्ष नविन पुनले राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको भूमिका खोज्न तल्लिन हुने धारणा व्यक्त गरे । पोखरामा हुने प्रतियोगिताकालागि गठन गरिएको मुल आयोजक समितिमा पोखराकै खेल क्षेत्रका व्याक्ति समेट्नु केन्द्रीकृत मानसिकताको पराकाष्ट भएको उनको भनाई थियो । नेपाल लोकतान्त्रिक खेलकुद संघ पार्टीको भातृसंगठन भइसकेकाले पनि विगतमा के भन्दा पनि आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेमा अग्रजको सल्लाह अनुसार अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

 

संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले नवौं राष्ट्रिय खेलकुदमा सबैले छोडेको सुरक्षा र अनुसन्धान उपसमितिमा आफूहरुलाई राख्न खोजेको बताए । गण्डकी प्रदेशमा हुने खेलमा सबै उपसमितिको सदस्यमा अट्नुपर्ने आफूहरुको माग रहेको उनले सुनाए । खेलकुद भनेपछि पछिल्ला समय भ्रष्टाचार बढि हुने क्षेत्रमा रुपमा चिनिएकाले करिब १ अर्ब खर्च हुने प्रतियोगितामा सबै खेलाडीले पाउनुपर्ने सुविधा पाउँन भनेर संघर्ष गरिरहेको उनको भनाई थियो । ‘राखेपबाट सुरुमा हामीलाई सुरक्षा र अनुसन्धान उपसमितिमा व्यवस्थापन हुनुपर्यो भन्नुभएको थियो, त्यो त सबैले छोडेको उपसमिति रहेछ हामीले हुदैन भन्यौँ, पछि सहसंयोजक राख्ने मौखिक सममती भएको छ,’ उनले भने, ‘राष्ट्रिय खेलकुदका लागि ५४ करोड त रातो किताब मै छुट्टिएको छ । सबै गरेर एक अर्ब खर्च हुन्छ त्यसबाट खेलाडीले पाउनुपर्ने सुविधा पाउनुपनर्छ भनेर हामी लागेका छौं ।’ 

 

पूर्व खेलाडी र नेपाल लोकतान्त्रिक खेलकुद संघको समस्या सम्बोधन गराउन पहल गर्ने नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले बताए । नवौं राष्ट्रिय खेलकुदमा प्रदेशका पूर्व खेलाडीहरुको अनुभव र भूमिकाका विषयमा प्रदेश समितिले विज्ञप्ती प्रकाशित गरेरै दवाब दिने उनले जानकारी दिए । यसका लागि एउटा टिम बनाएर मुख्यमन्त्री सामु जाने उनको भनाई थियो । यदि त्यसले काम नगरे काठमाडौं प्रधानमन्त्री सामु पुग्ने उनले बताए । पछिल्लो समय कांग्रेलले खेलकुद बुझिसकेकाले लोकतान्त्रिक खेलकुदलाई पार्टीको भातृ संगठनको मान्यता दिएको उनको भनाई थियो । अब संघ गाउँका वडा वडामा संगठन विस्तारतर्फ लाग्नुपर्नेमा उनको जोड थियो । 
 

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्