गण्डकीमा २२ गतेदेखि सार्वजनिक सवारी ठप्प पार्ने यातायात व्यवसायीको घोषणा

२० हजार बढी गाडी घर–ग्यारेजमा पार्किङ गर्ने

पाेखरा | साउन १८, २०७९

गण्डकीमा २२ गतेदेखि सार्वजनिक सवारी ठप्प पार्ने यातायात व्यवसायीको घोषणा

पोखरा:  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गण्डकी प्रदेश सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

 

आगामी २२ गते आइतबारदेखि सार्वजनिक सवारी साधनहरु घर र ग्यारेजमा पार्किङ गर्ने आज (बुधबार) विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेको हो ।

 

गण्डकी प्रदेश सरकारले नागरिक र यातायात व्यवसायीको हित विपरित कर वृद्धि गरेको भन्दै आन्दोलनको घोषणा गरेको पृथ्वी राजमार्ग यातायात बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताए । ‘हाम्रो कोरोना महामारीबाट मुक्त भएको व्यवसायलाई प्रदेश सरकारले करमा बृद्धि गरेको छ । विद्यार्थी, ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरुका लागि सरकारले ६० प्रतिशत सवारी करमा छुट दिन्थ्यो । तर अहिले घटाएर ३३ प्रतिशत बनाएको छ, उनले सुनगाभा न्यूजसँग भने, ‘यतिमात्रै नभएर वार्षिक करमा वृद्धि गरेको छ । त्यसैले यसको विरुद्धमा हामीले आन्दोलनको घोषणा गरेका हौं ।’

 

उनले ट्राफिक प्रहरीलाई ५ हजार सम्मको जरिवानका काट्न सक्ने व्यवस्था समेत यातायात व्यवसायीको हितमा नभएको उल्लेख गरे । ‘अहिले ट्राफिक प्रहरीलाई ५ हजार सम्मको जरिवाना काट्न सक्ने भनेर अधिकार दिएको छ, केसीले भने, ‘चालकले अलिकति गल्ती गर्दा र भनाभन गरेकै भरमा ५ हजार तिर्नुपर्ने अवस्था छ । त्यसैले यसको विरुद्धमा हामीले कदम चलाएका हौं ।’

उनले उक्त विषयमा गण्डकी प्रदेश सरकारसँग धेरैपटक छलफल गरेको बताउदै भने, ‘हामीले त्यो विषयमा गण्डकी प्रदेश सरकारसँग धेरैपटक वार्ता र छलफलसँगै ज्ञापनपत्र बुझाउने काम भयो । तर सवारी जरिवानालाई मात्रै केही संशोधन गरे जस्तो गर्याे । त्यसैले सरकारले २१ गते राती १२ बजेसम्म हाम्रो मागलाई सम्बोधन गरेन भने हाम्रा सवारी साधन घर ग्यारेजमा खडा गर्छाै । त्यति गर्दापनि भएन भने प्रदेशभर आम हड्तालको आह्वान गर्छाै र यतिले पनि भएन भने केन्द्रीय समितिसँग समन्वय गरेर देशभर आन्दोलनमा जान्छौं ।’

 

उनका अनुसार गण्डकी प्रदेशभर मालबहाक र यात्रुबहाक गरि करिब २० हजार सवारी साधन गण्डकी प्रदेशमा सञ्चालन हुदै आएको छ ।

 

गण्डकी प्रदेश सरकारले यातायात व्यवसायीको माग सम्बोधन नगरेको खण्डमा सबै सवारी साधनहरु पार्किङमा राखिने महासंघ गण्डकी प्रदेशले जनाएको छ ।


 

काठमाडौं:  राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७  सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जना...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिका १५ द्धारा आयोजित चौथो वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ ।  वडास्तरीय खेलकुद महोत्सव अन्र्तगत पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन ...

थप पढ्नुहोस्

पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ ।      कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

थप पढ्नुहोस्